काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ। अघिल्लो दिन बुधबार ७ हजार ५ सय रुपैयाँले घटेको सुन आज २ सय रुपैयाँले बढेको हो।
मंगलबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो। सो दिन प्रतितोला १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको थियो। बुधबार एकैदिन ७ हजार ५ सय रुपैयाँले घट्दा प्रतितोला सुनको मूल्य १ लाख ९० हजार ४०० रुपैयाँमा झरेको थियो।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज २ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य १ लाख ९० हजार ६०० सय रुपैयाँ कायम भएको छ।सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ।
प्रतितोला चाँदी २ हजार १० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। बुधबार एक तोला चाँदीको मूल्य १ हजार ९६५ रुपैयाँ कायम भएको थियो।