काठमाडौं । आन्दोलनरत शिक्षकहरूले सडकमै रक्तदान गरेका छन् । विगत २३ दिनदेखि माइतीघर–नयाँबानेश्वर सडक खण्डमा नाराबाजी, नाचगान गरेर आन्दोलन गर्दै आएका शिक्षक तथा विद्यालय कर्मचारीहरूले आज रक्तदान गरेका हुन् ।
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित चैत २० गतेदेखि निरन्तर सडक आन्दोलनमा छन् । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा भइरहेको आन्दोलन ऐन जारी नहुँदासम्म नरोकिने अडान राख्दै आएका छन् ।