काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वदेश फर्किएपछि नयाँ गठबन्धन बनाउने विषयमा छलफल गर्ने तयारी गरेको छ ।
बिहीबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवा फर्किएपछि संवाद सुरु गर्ने ब्रिफिङ गरेको हो ।
देउवा स्वास्थ उपचारका लागि वैशाख ७ गते स–परिवार थाइल्यान्ड गएका छन् । यसअघि सिंगापुरमा उपचार गराएका देउवा फलोअपका लागि भन्दै बैंकक गएपछि पार्टीका नेताले नै बैठकमा प्रश्न उठाएका थिए ।प्रचण्डले उनी फर्किएपछि संवाद सुरु गर्ने बताएका हुन् । प्रचण्डले सरकार शिक्षकको मागबारे अनुदार देखिएको टिप्पणी गरेका छन् ।