काठमाडौं । सर्वोच्च अदालतले २३ दिनदेखि काठमाडौंमा आन्दोललित शिक्षकहरूलाई अबको तीन दिनभित्र विद्यालय फर्किन आदेश जारी गरेको छ।
न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले बिहीबार एक अन्तरिम आदेश जारी गर्दै शिक्षकहरूलाई तीन दिनभित्र विद्यालयमा फर्किन आदेश दिएको हो ।
‘आन्दोलित शिक्षकहरूका जायज र संविधानसम्मत माग तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले तीन दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्की नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्नू,’ सर्वोच्चले आदेशमा भनेको छ।
शिक्षकहरू २३ दिनदेखि आन्दोलित हुँदा नयाँ शैक्षिक सत्रको पठनपाठन अझै सुरू भएको छैन। यस्तो अवस्थामा अधिवक्ता श्रवणकुमार चौधरीले गत चैत १० गते रिट हालेका थिए । शिक्षक आन्दोलनले विद्यार्थीको भविष्य अन्यौल बनाएको जिकिरसहित उनले उक्त रिट हालेका थिए ।
शिक्षकहरू २३ दिनदेखि आन्दोलित हुँदा नयाँ शैक्षिक सत्रको पठनपाठन अझै सुरू भएको छैन ।