काठमाडौँ । सरकारको नेतृत्वकर्ता दल नेकपा एमाले संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजे बस्ने गरी बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
बैठकमा संसद्को बजेट अधिवेशनबारे छलफल हुने बर्तौलाको भनाइ छ । बजेट अधिवेशन हिजोबाट सुरु भएको छ ।अधिवेशनलाई कसरी सफल बनाउने र शिक्षकको मागलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा पनि बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।