काठमाडौँ । एनसेल नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको उपाधि छिनोफानो आज हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साविक विजेता ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीच फाइनल हुन लागेको हो ।
ललितपुर दोस्रो पटक र पोखरा पहिलो पटक फाइनल भिड्न आइपुगेका हुन् । आयोजक नेपाल स्पोर्ट्स एण्ड इन्भेट मेनेजमेन्टले फाइनलको अघिल्लो दिन पत्रकार सम्मेलनमार्फत विजेताको पुरस्कार राशी घोषणा गरेको छ ।
जसअनुसार प्रथम टोलीले ८० लाख र दोस्रो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्ने भएका छन् । दुवै टिमले उपाधि जित्ने दाबी गरेका छन् ।