काठमाडौँ । शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघका प्रतिनिधिबीचको शनिबार बिहानको वार्ता निष्कर्षबिहीन टुंगिएको छ।आफूहरूका जायज माग पूरा गर्नुपर्ने शिक्षक महासंघका प्रतिनिधिको अडानका कारण वार्ता निष्कर्षबिहीन भएको हो।
वार्तापश्चात महासंघका अध्यक्ष लक्ष्मण किशोर सुवेदीले पुन: छलफल र वार्ता गर्ने सहमति गरेर आफूहरू निस्केको पत्रकारहरूलाई बताए। वार्ता र आन्दोलन सँगसँगै लिएर जाने उनले बताए।
वार्तामा सरकारको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, शिक्षा सचिव दिपक काफ्ले, नेपाल शिक्षक महासंघको तर्फबाट अध्यक्ष लक्ष्मी किशोर सुवेदीको नेतृत्वमा आन्दोलन शिक्षकहरू रहेका थिए।