काठमाडौं । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा आगलागी भएकाले आइतबार र सोमबार ९आज र भोलि० आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले शनिबार भएको आगलागीका कारण आज र भोलि दुई दिन ओपीडीमा बिरामी जाँच र ल्याब सेवाको काम बन्द गरिएको जानकारी दिए ।
शनिबार ओपीडी बिल्डिङमा रहेको मेडिकल स्टोर (अस्पतालमा दिनहुँ खपत हुने सामान राख्ने कोठा) मा आगलागी भएको थियो । आगलागीबाट ओपीडी भवन, मेडिकल स्टोर र फार्मेसीमा क्षति पुगेको छ ।
भ्याक्सिन राख्ने फ्रिजबाट विद्युत् सट भएर आगो लागेको र करिब तीन/चार करोड क्षति भएको अनुमान गरिएको मेसु डा/ सुवेदीले जानकारी दिए ।