काठमाडौँ । काठमाडौँको माइतीघरदेखि नयाँ बानेश्वर सडकखण्डमा जारी शिक्षक आन्दोलन आज झडपमा परिणत हुँदा ६५ जना घाइते भएका छन्।
शिक्षकहरूले निषेधित क्षेत्रतर्फ अगाडि बढ्ने प्रयास गर्दा नेपाल प्रहरी हस्तक्षेपमा उत्रिएको थियो। स्थिति नियन्त्रणमा ल्याउने क्रममा दुवै पक्षबीच झडप भएको हो। एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले आन्दोलनमा ६५ जना घाइते भएको जानकारी दिए।