काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ। उक्त मुद्दाको सुनुवाई गर्न मंगलबारका लागि पेशी तोकिएको छ ।
अधिवक्ताहरू अनन्तराज लुइँटेल, अभिमा उप्रेती र विशाल थापाले महामन्त्री थापाविरुद्ध अदालतको अवहेलनामा कावाहीको माग राख्दै शुक्रबार सर्वोच्चमा निवेदन पेस गरेका थिए । तर उक्त दिन निवेदन दर्ता हुन सकेको थिएन । र आज उक्त निवेदन दर्ता भएको हो ।
बिहीबार लोकतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित ‘आजको लोकतन्त्रः अवसर र चुनौती’ विषयक संवाद कार्यक्रममा महामन्त्री थापाले संवैधानिक आयोगका पदाधिकारीहरुलाई अदालतले ‘तलाई हान्दिउँ’ भन्दै झुलाइरहेको बताएका थिए ।