काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले कायममुकायम (कामु) गभर्नर नीलम ढुंगानालाई आइतबार मन्त्रालयमा बोलाएर कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामा स्वीकृत गर्न निर्देशन दिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भट्टलाई आगामी गभर्नरमा नियुक्त गर्ने सहमति भएको छ।
सोबमोजिम भट्टले नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट राजीनामा दिइसकेका भए पनि कामु गभर्नर ढुंगानाले अझै स्वीकृत गरिसकेकी छैनन्।