काठमाडौं । जिल्ला अदालत, काठमाडौंले राप्रपा नेता रवीन्द्र मिश्र र राजावादी आन्दोलनका जनकमाण्डर तोकिएका दुर्गा प्रसाईंलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
तीनकुनेमा १५ चैतमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेका मिश्र, प्रसाईंसहित २४ जना व्यक्तिहरूलाई थप अनुसन्धानका लागि हिरासतमा राख्न अदालतले अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराले जानकारी दिए ।