काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षकहरुको आवाजलाई दमन नगर्न चेतावनी दिएका छन् ।
आइतबार साँझ सामाजिक सञ्जाल मार्फत थापाले शिक्षकहरूको आवाजलाई दमन नगरी संवादबाट समस्या सामाधान गर्न सुझाव दिएका हुन् ।
उनले चाँडोभन्दा चाँडो शिक्षकहरुलाई कक्षा कोठा फर्कने वातावरण बनाउनु पर्ने उल्लेख गरेका छन् । आन्दोलनरत शिक्षकहरुसँग भएको विगतको सहमतिको आधारमा निर्णय गर्नु पर्नेमा उनले जोड दिएका छन् ।
साथै विद्यालय शिक्षा ऐनको माग गर्दै शान्तिपूर्ण रूपमा भेला भएका शिक्षकहरू र सुरक्षाकर्मीहरूबिच भएको झडप दुःखद र चिन्ताजनक भएको उनले बताएका छन्