काठमाडौँ । पुर्वसंस्कृति तथा पर्यटनमन्त्री तथा एकीकृत समाजवादीका सांसद प्रेम आलेले पोखराभन्दा भैरहवामा बढी भ्रष्टाचार भएको दाबी गरेका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा नागरिक उड्डयन प्राधिकरण विधेयकको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद आलेले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको बताएका हुन् ।
‘पोखरा एयरपोर्टको भ्रष्टाचार त ट्रेलर मात्र हो । खासमा भ्रष्टाचार भैरहवा एयरपोर्टमा भएको छ,’ उनले भने । भैरहवा एयरपोर्टमा भैँसी चरिरहेको र माछापालन भइरहेको उनले बताए । २३ अर्बको जग्गा खरिद गरेर भ्रष्टाचार भएको पनि उनले बताए ।