काठमाडौँ । नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आन्दोलन थप बलियो बनाउन शिक्षकहरूलाई आग्रह गरेका छन् ।
गएराति सरकारसँग भएको वार्तामा कुनै सहमति नजुटेपछि उनले यस्तो आग्रह गरेका हुन् । 'हाम्रो आन्दोलन जारी छ । आज पनि ठिक ११:०० बजे माइतीघर मण्डला आउनुहोला । राज्य दिन चाहँदैन , आन्दोलन बिना केही पाईदैन । त्यसैले आन्दोलन बलियो गराऔँ' उनले भनेका छन् ।
गएराति शिक्षा मन्त्रालयमा विभिन्न विषयमा लामो छलफल चले पनि कुनै निष्कर्षमा पुग्न नसकिएको उनको भनाइ छ ।