काठमाडौँ । भोली बैशाख १७ गते जनमत र नाउपाबीच पार्टी एकताको औपचारीक घोषणा हुने भएको छ ।
तराई मधेशको सबैभन्दा ठुलो दल बनाउने गरी डा. सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नागरिक उन्मुक्तिबीच पार्टी एकताको घोषणा हुन लागेको हो । यसका लागि दुवै दलको तयारी पुरा भएको छ ।
पार्टी एकतापछि पार्टीको नाम नागरिक जनमत रहने दुई पार्टीबीच सहमति भइसकेको छ । भने अध्यक्ष राउत, संरक्षकमा रेशम चौधरी र रञ्जिता श्रेष्ठलाई सहअध्यक्ष बनाउने सहमति भएको छ।
संयुक्त पार्टीको चुनाव चिन्ह ढकिया रहनेछ । पार्टी एकता निश्चित भएपछि दुवैतर्फबाट कार्यदल बनाएर काम भइरहेको छ । दुई पार्टीबीच एकता भएपछि प्रतिनिधि सभामा १० सीटसहित छैटौँ ठुलो दल बन्नेछ।