नवलपरासी । नारायणगढ-बुटवल सडकअन्तर्गत दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि सवारी आवागमनमा रोक थप गरिएको छ । अब आगामी वैशाख ३१ गतेसम्म प्रत्येक रात ११ः०० बजेदेखि भोलिपल्ट बिहान ५ः०० बजेसम्म सवारी सञ्चालन बन्द रहनेछ ।
यसअघि वैशाख १५ गतेसम्म मात्र आवागमन रोकिएकोमा काम नसकिएको कारण यो समय थपिएको हो । प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेका अनुसार, भित्तातर्फको कटिङ कार्य तथा अन्य निर्माणकार्य वर्षाअघि सक्नुपर्ने भएकाले रातको समयमा आवागमन बन्द गरेर कामलाई तीव्रता दिइएको हो । दाउन्ने क्षेत्रमा पहाड काट्ने, पर्खाल लगाउने र कल्भर्ट निर्माणजस्ता कार्यहरू अहिले तीव्र गतिमा भइरहेका छन् ।