काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ वैशाख १५ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका दान बहादुर कार्की सहित ६ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
प्रहरी महानिरीक्षक दीपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबिच उनीहरूलाई दर्ज्यानी चिह्न प्रर्दान गरेका हुन् ।प्रहरी अतिरिक्त महानिरीक्षकहरूमा दान बहादुर कार्की,चन्द्र कुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, राजन अधिकारी र डा.मनोज कुमार केसी रहेका छन् ।
दर्ज्यानी चिह्न सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले दर्ज्यानी चिह्नद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
एआईजी कार्कीलाई मानव स्रोत,खापुङलाई सिआईबी, अधिकारीलाई अपराध अनुसन्धान तथा केसीलाई प्रदेश समन्वय विभागमा खटाइएको छ भने आचार्यलाई कार्य विभाग, शर्मालाई प्रशासन विभागमा खटाइएको हो ।