पुस १, वामी । गुल्मीको सत्यवती गाउँपालिका–४ लिम्घास्थित सरस्वती माध्यमिक विद्यालयको हीरक महोत्सवले पर्याप्त आर्थिक स्रोत जुटाएको छ ।
विभिन्न व्यक्ति तथा संघसंस्थाबाट हीरक महोत्सवको आठौँ दिन अर्थात शनिबारसम्म नगद, भूमि र जिन्सी गरी कूल एक करोड रुपैयाँ संकलन भएको महोत्सव प्रचारप्रसार संयोजक प्रकाश भट्टराईले जानकारी दिनुभयो ।
उक्त विद्यालय ६० औँ वर्षमा प्रवेश गरेको उपलक्षमा यसको सर्वाङ्गीण विकासका लागि यही मंसिर २२ देखि महोत्सव आयोजना गरिएको उहाँले बताउनुभयो ।
महोत्सवसँगै श्रीमद्भागवत ज्ञान महायज्ञ पनि आयोजना गरिएको थियो ।