पोखरा – पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रको परिसरमा सातौँ सिटी रेवान महोत्सव तथा फूड फेस्टिबल आइतबारबाट शुरु भएको छ।
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले साे महोत्सव तथा फूड फेस्टिबलको उद्घाटन गरेका हुन्।
फागुन २७ गतेसम्म चल्ने सो महोत्सवमा १ सय ३० वटा व्यापारिक स्टल रहेका छन्। सो मेलामा कृषिजन्य, हस्तकला, राष्ट्रिय तथा स्थानीय उत्पादनका स्टल छन्।
उक्त अवसरमा क्यान इन्फोटेक मेलासमेत हुने भएको छ। सो मेलामा बृहत् सूचनाप्रविधि प्रदर्शनी, प्रदेशस्तरको टाइपिङ प्रतियोगिता, आइटी क्विच कन्टेस्ट, कम्प्युटर तथा ल्यापटपको निःशुल्क मर्मत सेवा, ल्यापटप एक्सचेन्ज अफर, आइसीटी क्षेत्रमा स्थानीयस्तरबाट गरिएका उत्पादनको प्रदर्शनी तथा अन्य आइसीटीसँग सम्बन्धित नवीनतम गतिविधि प्रदर्शनीको व्यवस्था गरिएको छ।
मन्त्री लम्सालले पोखरालाई पर्यटकीय राजधानीका रूपमा पहिचान बनाउनुपर्ने सो अवसरमा बताएका थिए।