डमरुबल्लभ भट्टराई –
नयाँ वर्ष २०७५ पाथीभरा देवीको प्राङ्गण उच्च शिखरमा धुमधामका साथ मनाउने लक्ष्य लिई २७ चैतमा पदयात्रा शुरु गरियो। यो एउटा साहसिक यात्रा थियो। यात्राको क्रममा काठमाडौँबाट धरान, चौकी, गुफा–पोखरी, मिल्के, साँघुपाटी, दोभान, सुकेटार हँुदै वैशाख १ गतेको सुनौलो बिहानीमा पाथीभरा माताको दरबारमा पुगेको थियो।
यसमा सम्बन्धित सांसद, मेयर, प्रमुख जिल्ला अधिकारी, डीएसपीलगायत उच्च अधिकारी, विभिन्न पेशा, व्यवसाय एवं विचारधाराका राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक क्षेत्रका प्रबुद्ध व्यक्ति, पर्यटन व्यवसायी तथा पर्यटनप्रेमी तथा काठमाडौँदेखि नै साथ दिने मिडियाकर्मी समेतको सहभागिताले यो पदयात्री समूह विशेष उल्लेखनीय एवं प्रशंसनीय रह्यो। छिनभरमा घाम र छिनभरमा बादलमा लुकामारी गर्ने पहाडी एवं हिमाली शिखर तथा श्रृङ्खलाको प्राकृतिक सुन्दरताको अविरल रसस्वादन गराउने यो यात्रा अत्यन्त प्रेरणाप्रद र मर्मस्पर्शी थियो।
ठाउँठाउँमा आयोजना गरिएको स्वागत कार्यक्रमले यात्रुको हौसलामा उल्लेखनीय वृद्धि गर्ने काम गर्यो। स्वागत कार्यक्रम– विशेष गरेर स्थानीय संस्कृति मिल्दोजुल्दो देखिन्थे। सर्वत्र सम्मानका फूलहरू, मालाहरू हराएछन्। घर–आँगनमा शोभा भर्ने, वासना छर्ने रसिला भरिला सप्तरङ्गी फूलहरूले सधैँ बिदा पो लिन लागेका हुन् कि! नयाँनयाँ रंग र आकारका महँगा खादाहरूले राम्रैगरी ठाउँ लिएछन्।
गुफामा पुग्न निकै कठिन भयो। साँझ पनि पर्यो। पानी परेकाले हिँड्न गाह्रो भएको थियो भने हिलोको त साम्राज्य नै थियो। त्यसमा पनि कहिले दायाँ र कहिले बायाँबाट हावा चल्थ्यो। त्यहाँ स्वागत गर्न ताप्लेजुङका सांसद योगेश भट्टराई आफै दलबलसहित उपस्थित भएका रहेछन्।
साँघुपाटीमा जातीय वेशभूषा तथा बाजा–गाजासहित सांस्कृतिक कार्यक्रम तथा पदयात्री सम्मिलित प्रदर्शनात्मक फुटबल खेलको विशेष रौनक थियो। व्यवसायी शिवमाया बहिनीले सञ्चालन गरेकोे ‘होमस्टे’ले पनि सबैको मन तानेको थियो। चारैतिर हरियालीले ढाकिएको त्यो सुन्दर स्थलको होमस्टे वास्तवमा लोभलाग्दो थियो। मिष्ठभाषी बहिनीहरूको सम्मान विशेष किसिमको नै थियो। लाग्छ– पटक पटक बास बस्न त्यहीँ पुगौँ।
दोभान पनि पुरानो विशेषता बोकेको ठाउँ हो। तमोर र मैवाखोला नदीको मिलन बिन्दुमा रहेको दोभान त्यस क्षेत्रको केन्द्रमा रहेको छ। दोभान व्यापार संघको संयोजन र स्थानीयहरूको सहभागितामा निकै ठूलो स्वागत कार्यक्रम रहेछ। स्वागतको खादाले हाम्रो गला नै भरियो। खानपिनमा कोदोको ढिडो र तमोरका ताजा माछाका परिकार बिर्सन नसकिने थियो।
— चौकीमा मादी नगरपालिकाका मेयर सहितको स्वागत कार्यक्रममा सम्बन्धित सांंसद राजेन्द्र गौतमको पनि उपस्थिति थियो। ।देखि नै पदयात्रामा उनको सहभागिता रह्यो। चौकीमा रूप र आकारमा एउटै जस्ता देखिने फुर्तिला, हसमुख तामाङ बहिनी त्रयको भोजनको व्यवस्था प्रशंसनीय रह्यो।
— गुफामा पुग्न निकै कठिन भयो। साँझ पनि पर्यो। पानी परेकाले हिँड्न गाह्रो भएको थियो भने हिलोको त साम्राज्य नै थियो। त्यसमा पनि कहिले दायाँ र कहिले बायाँबाट हावा चल्थ्यो। त्यहाँ स्वागत गर्न ताप्लेजुङका सांसद योगेश भट्टराई आफै दलबलसहित उपस्थित भएका रहेछन्।
भक्तिधाम पाथीभरा देवीको प्राङ्गणमा त्यो दिन दर्शनार्थी भक्तजनको पनि ठूलो भीड थियो। त्यस्तै प्राङ्गणमा स्थानीय संघसंस्थाहरूबाट विशेष स्वागतको कार्यक्रम पनि थियो। त्यसमा सबै क्षेत्रका सर्वसाधारणको सहभागिता थियो।
— निकै उचाइमा रहेको नाङ्गो डाँडो गुफा जहाँ प्रायः बादल मडारिने गर्छ। त्यो साँझ पनि बादलसँगै अलि अलि पानी परिरहेको र हावा पनि चलिरहेको विशेष अवस्था थियो। हामी जाडोले काम्दै थियौँ। त्यो स्थितिमा पनि स्थानीय समाजसेवी हरि खनालको सभापतित्वमा उत्साहपूर्वक स्वागत कार्यक्रम चल्दै थियो।
– २९ गते बिहानै मिल्केडाँडामा जाडो, बादल, वर्षा र हिलोबीच मैवाखोलाको तर्फबाट पवित्रा तामाङ (जनप्रतिनिधि तथा समाजसेवी) लगायतका बहिनीहरूले स्थानीय संस्कृति झल्किने स्वागत अभिनन्दनसहित मैवाखोला गाउँपालिका क्षेत्रमा प्रवेश गराएका थिए। हिलो, पानी, जाडो र समयलाई वास्ता नगरी प्रकृतिमाथि नै विजय गर्न खोज्ने बहिनीहरू धन्य छन्।
— यसै क्रममा दोभानबाट फुङलिङ बजारको सुकेटार हुँदै पर्यटनयात्री समूह पाथीभराको माथिल्लो फेदीमा बास बस्न पुग्यो। सुकेटारबाट त्यहाँ पुग्न हामीले प्रकृतिसँग निकै संघर्ष गर्नुपरेको थियो। पानी राम्रैसँग प¥यो, हिलो पनि धेरै थियो। हावाले गर्दा पनि भिझ्नबाट जोगिन मुस्किल थियो। निर्धारित लक्ष्यअनुसार नै माथिल्लो फेदी पछिको बिहान नयाँ वर्ष २०७५ पाथीभराको शिखरमा उल्लासपूर्ण रह्यो। अघिका सम्पूर्ण दुःख बिर्सिए। खुलापन र स्वच्छताले प्रकृति हाँसिरहेको थियो। हिमालहरू नजिकै स्पष्ट देखिन्थे।
— हिमाली एवं पहाडी शृङ्खलाको मनोरम दृश्यले मन प्रफुल्ल थियो। स्वर्गीय आनन्दको अनुभूति हुन्थ्यो। भर्खरै उदाएको सूर्यको नयाँ सुनौलो किरणले चारैतिर शोभा बढाइरहेका थिए। कताकता फाट्टफुट्ट देखिने सेता बादलका टुक्राहरूले पनि आज आकर्षण दिइरहेको थियो। मानौँ, प्रकृतिले स्वयम् हाम्रो स्वागत गरिरहेको छ। अहिले भने मिडियाकर्मी साथीहरू सन्तुष्ट देखिन्छन्। प्रकृतिलाई कैद गर्न क्यामरा काँधमा बोकेर हिलो, वर्षा, जाडोको पर्वाह नगरी पैदल यात्रा गर्ने साथीहरू अहिले भने तृप्त भए जस्तो लाग्थ्यो।
— भक्तिधाम पाथीभरा देवीको प्राङ्गणमा त्यो दिन दर्शनार्थी भक्तजनको पनि ठूलो भीड थियो। त्यस्तै प्राङ्गणमा स्थानीय संघसंस्थाहरूबाट विशेष स्वागतको कार्यक्रम पनि थियो। त्यसमा सबै क्षेत्रका सर्वसाधारणको सहभागिता थियो। सम्बन्धित सांसद, मेयर, लब्धप्रतिष्ठित महानुभाव, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखसहित सरकारी कर्मचारीको उपस्थितिले नववर्षको शुभारम्भको यो कार्यक्रम उल्लासमय, रोमाञ्चकारी र अविस्मरणीय बनायो।
— सुकेटार प्राकृतिक सुन्दरताको हिसाबले वास्तवमा नै लोभलाग्दो छ। त्यहाँ सुन्दर बजार विकसित हुँदैछ, पक्की एयरपोर्ट पनि छ। राम्रा होटल पनि छन्। पासाङ भाइको याक होटल निकै राम्रो रहेछ। पासाङ बहिनीको सत्कार पनि प्रशंसनीय थियो। प्रबुद्ध समाजसेवी ओम राईजीको होटल प्रबन्ध पनि सन्तोषजनक रहेछ। परिवारसहित उनी आफै पनि सक्रिय थिए। कुनै समयका राजनीतिक प्राणी उनको इतिहास निकै रोचक र उदाहरणीय लाग्यो।
— त्यहाँ प्रतिवर्ष नयाँ वर्षको उपलक्ष्यमा रमाइलो स्वागत मेला पनि लाग्दोरहेछ। त्यो बेला सबै क्षेत्रका युवायुवतीको समेत राम्रो जमघट हुँदोरहेछ। त्यहाँ मन नै प्रफुल्ल हुने प्राकृतिक सौन्दर्यको रस लिन पनि नसकिने कुरै भएन। त्यसैको सुन्दर भागमा फुङलिङ नगरपालिकाले पदयात्रीको स्वागतका साथै बिदाइ कार्यक्रम पनि राखेको थियो।
— कार्यक्रममा आधुनिक प्रविधिबाट कम्प्युटरको माध्यमले ठूलो पर्दामा स्थानीय जनताको समृद्धिका लागि गर्नुपर्ने भावी रणनीतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो। यस्तैयस्तै सबै स्थानीय निकायले सोचिदिएमा देश समृद्ध हुन के बेर लाग्ला र ! जस्तो लाग्यो। स्वागत कार्यक्रमको सिलसिलामा मन्तव्यहरू, रात्रिभोज, सांस्कृतिक कार्यक्रमसहित पर्यटन प्रवद्र्धनमा सक्रिय पदयात्रीको सफलताका लागि धन्यवाद पनि व्यक्त गरिएको थियो।
— त्यस्तै पाँचथर फिदिमको स्वागत कार्यक्रममा पनि सांसद बसन्त नेम्वाङ, मेयर ओनाहाङ नेम्वाङ सहितका प्रतिष्ठित महानुभावहरू एवम् प्र.जि.अ, प्रहरी अधिकारीहरूको उपस्थिति थियो। किरात धर्मगुरु फाल्गुनन्दले ध्यान गरेको सुरम्य स्थलको अवलोकन गर्ने अवसर मिल्यो। त्यो ठाउँ वास्तवमा नै मनमोहक थियो। धार्मिक र प्राकृतिक दृष्टिकोणले पनि उत्कृष्ट ठाउँ रहेछ। रमणीय स्थल लाब्रेकुटीको ऐतिहासिकतालाई पनि यस सन्दर्भमा बिर्सन सकिँदैन।
— यस्ता कार्यक्रमहरू धरानदेखि पौवाभञ्ज्याङसम्म नै विशेष हर्ष र उत्साहका साथ आयोजना गरिएका थिए। पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य लिएका पदयात्री साथीहरू निर्धारित लक्ष्यप्रति विश्वस्त देखिएकाले पनि होला, सबैमा उत्साह र खुशियाली थियो। साथीहरूमा पूरा पूरा हौसला थियो। मेरो लागि यो चिरस्मणीय, ऐतिहासिक र अनुपम यात्रा रह्यो।
— यी मार्मिक क्षणहरू– सर्वसाधारणमा आर्थिक समृद्धिका लागि सबैकोे भरोसा थियो, विश्वास थियो। परिवर्तनको एक मुख्य माध्यम भनिएको ‘मदन भण्डारी राजमार्ग’मा चाँडै निर्वाध यातायात सञ्चालन होस्। स्थानीय उत्पादनबाहिर पठाउन पाइयोस्, यहाँको सुन्दरतम् पक्षहरूको सुगन्ध जतिसक्दो चाँडो बजारीकरण होस्, उच्च हिमाली तथा पहाडी शृङ्खलाहरूको महत्त्व देश र विदेशमा विस्तार हुन सकोस्, यिनै र यस्तै कुराहरूको आशा र विश्वासको धरातललाई यथार्थमा आधारित बनाउने एउटा प्रयास पनि थियो– यो पदयात्रा। (क्रमशः)
लेखक भट्टराई नेपाल सरकारका पूर्व सचिव हुन्।