काठमाडौँ–नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकाे अपहरणमा परेकी सुदूरपश्चिम प्रदेश सांसद देवकी मल्ल सम्पर्कमा आएकी छन्।
बझाङ प्रहरी प्रमुख डीएसपी प्रविण धितालले सांसद मल्ल सम्पर्कमा आइसकेको र सदरमुकाम ल्याउन लागिएको जानकारी दिए। जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर नयन सिंह साउद नेतृत्वको टोलीले मल्ललाई केदारस्युँ गाउँपालिका–५ बगडीपाउटा भन्ने ठाउँमा फेला पारेको हो।
कार्यक्रममा गृहजिल्ला बझाङ गएकी बेला आज सांसद मल्ललाई ३-४ जनाको समुहमा आएका विप्लवका कार्यकर्ताले केदारस्युँ गाउँपालिकाको सैन्सुबाट अपहरण गरेका थिए।
अपहरणको कारणबारे केही खुल्न सकेको छैन। मल्ल गतवर्ष कार्तिकमा सम्पन्न प्रदेशसभा निर्वाचनमा बझाङ (ख) बाट तत्कालीन माओवादी केन्द्रबाट विजयी भएकी थिइन्।