कास्कीको रुपा गाउँपालिकाले स्थानीय तह स्थापना दिवसको अवसरमा आयोजना गरेको ‘गण्डकी प्रदेशस्तरीय प्रथम अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिता’को समापन समारोहमा स्याखु, थुन्सेलगायत घरेलु सामग्रीसहित मौलिक पोशाकमा सहभागीहरु।
काठमाडौँ । फागुन २७ गते सोमबार मुलुकका विभिन्न भागमा सम्पन्न मुख्य कार्यक्रम र घटनाहरुका तस्वीर।
१. संयुक्त राष्ट्रसंघको महिला नियोगको आयोजनामा हुने ‘कमिसन अन दी स्टाटस अफ वुमेन’को ६३औँ बैठकमा भाग लिने क्रममा आइतबार साँझ कतारको राजधानी दोहास्थित हमाद अन्तर्रा्ष्ट्रिय विमानस्थलमा आई पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई कतारका लागि नेपाली राजदूत प्रोफेसर रमेश मिश्र तथा नेपाली दूताबासका अन्य कर्मचारीले स्वागत गरेका थिए।
तस्वीर, सौजन्यः वसन्त रुपाखेती
२. दाङको तुलसीपुर उपमहानगरपालिका–९ स्थित माबि दोघरेमा निःशुल्क पढाउने शिक्षक नारायण भट्टराईलाई सम्मान गर्दै बिद्यालयका प्रधानाध्यापक घनश्याम आचार्य ।
तस्वीरः दीपक बोहरा
तस्वीरः कृष्ण दवाडी, कास्की
३. नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पोखरा महानगरपालिका–३३ संयन्त्रद्वारा तत्कालीन मन्त्री तथा नेकपाका नेता रवीन्द्रप्रसाद अधिकारीकोे जन्म घर भरतपोखरी गै¥हागाँउ जमुनाबोटमा आयोजित १३ औँ दिनको श्रद्धाञ्जलीसभामा सहभागी अधिकारी पत्नि विद्या भट्टराई तथा छोराहरु ।
तस्वीरः जमुना वर्षा शर्मा
४. जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा नवनिर्मित प्रहरी व्यारेक भवनहरुको सोमबार उद्घाटन गर्नुहुँदै नेपाल प्रहरीका महानिरीक्षक सर्बेन्द्र खनाल।
तस्वीरः नारायण अधिकारी
५. कञ्चनपुरको झलारीमा आयोजना भएको शुक्लाफाँटा कृषि पर्यटन महोत्सवको समापनका अवसरमा उत्कृष्ट कृषक महिलालाई पुरुस्कार प्रदान गर्नुहुँदै शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐर।
तस्वीरः राजेन्द्रप्रसाद पनेरु
६. प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय सुरक्षा परिषद्को १८ औं वार्षिकोत्सवको अवसरमा सोमबार सिंहदरबारस्थित पुतली वगैंचामा आयोजित कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुँदै ।
तस्वीरः रत्न श्रेष्ठ
७. राष्टिय सुरक्षा परिषद्को १८ औं वार्षिकोत्सवको अवसरमा सोमबार सिंहदरबारस्थित पुतली वगैंचामा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई केक खुवाउन्दै उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल ।
तस्वीरः रत्न श्रेष्ठ,
८. उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल राष्ट्रिय सुरक्षा परिषद्को १८ औं वार्षिकोत्सवको अवसरमा सोमबार सिंहदरबारस्थित पुतली वगैंचामा आयोजित कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुँदै ।
तस्वीरः रत्न श्रेष्ठ
९. राष्ट्रिय सुरक्षा परिषद्को १८ औं वार्षिकोत्सवको अवसरमा सोमबार सिंहदरबारस्थित पुतली वगैंचामा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रधानसेनापति पूर्णचन्द्र थापालाई केक खुवाउँदै।
तस्वीरः रत्न श्रेष्ठ
१०. श्रम रोजगार तथा सामाजिक विकास मन्त्रालय, सामाजिक सुरक्षा कोष र रुपन्देही उद्योग संघद्वारा सोमबार रुपन्देहीको नयाँमिलमा आयोजना गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनासम्बन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री गोकर्ण विष्ट ।
तस्वीरः निरा गौतम
११. राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको पाँचौं राष्ट्रिय सम्मेलनको पोखरामा सोमबार आयोजित उद्घाटन समारोहमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’।
तस्वीरः वासुदेव पौडेल
१२. धौलागिरिको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका देवी दर्शन गर्दै नेका सभापति शेरबहादुर देउवा।
तस्वीरः रोशन सापकोटा,
१३. तनहुँको शुक्लागण्डकी नगरपालिका–८ र मुस्ताङको घरपझोङ गाउँपालिका–४ बीच भगिनी सम्बन्धमा सम्झौता–पत्रमा हस्ताक्षर गरेपछि सम्झौता–पत्र आदानप्रदान गर्दै शुक्लागण्डकी–८ का वडाध्यक्ष कृष्ण रेग्मी र घरपझोङा–४ का वडाध्यक्ष यामप्रसाद थकाली ।
१४. विसं २०७४ मङ्सिर १३ गते प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन उदयपुरको उदयपुरगढी गाउँपालिका–६ नेपालटारकोे आमसभालाई सम्बोधन गर्न जाँदै गर्दा एम्बुसमा परी घाइते हुनुभएका मीरा कटुवाललाई सोमबार रु एकलाख प्रदान गर्दै काँग्रेस नेता प्रकाशमान सिंह ।
तस्वीरः अच्युत रेग्मी
१५. गोरखाको पालुङटार नगरपालिकाले आयोजना गरेको गण्डकी प्रदेश स्तरीय लिगलिग पालुङटार मेयर कप फूटबल प्रतियोगिता २०७५ को आइतबार पालुुङटारमा उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ ।
तस्वीरः दीपक श्रेष्ठ
१६. कास्कीको रुपा गाउँपालिकाले स्थानीय तह स्थापना दिवसको अवसरमा आयोजित गण्डकी प्रदेशस्तरीय ‘प्रथम अध्यक्ष कप’ खुल्ला भलिबल प्रतियोगिताको उपाधि विजेता तनहुँको भिमाद नगरपालिकालाई ट्रफी वितरण गर्दै संविधानसभा सदस्य कृष्णबहादुर गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर क्षेत्री अधिकारी, गाउँपालिका प्रमुख नवराज ओझालगायत।
तस्वीर: कृष्ण दवाडी
सम्पूर्ण तस्वीर रासस