पुस १३, काठमाडौ
चलचित्र प्राविधिक संघको अध्यक्षमा पुष्कर लामा दोस्रो कार्यकालका लागि निर्विरोध विजयी भएका छन् । बुधबार सम्पन्न संघको १९औँ साधारण सभाबाट लामा तीन बर्षका लागि निर्विरोध विजयी भएका हुन् ।
अध्यक्षमा अरुको दाबी नपरेपछि लामा निर्विरोध विजयी भएका हुन् । सुष्मा पौडेल पनि कोषाध्यक्षमा निर्विरोध विजयी भएकी छन् ।संघको दुई उपाध्यक्षमा भने विनोद लामा र अर्जुनप्रसाद पोखरेल निर्वाचित भए । त्यस्तै संघको महासचिवमा शालिग्राम दुलाल, सचिवमा दिव्यराज सुवेदी विजयी भएका छन् ।
त्यस्तै सदस्यहरुमा रामेश्वर कार्की, पिताम्बर पाण्डे, शोभा श्रेष्ठ, नवराज उप्रेती, देवराज गुरुङ, कृष्णबहादुर थापा, साहिल खान, दुर्गाप्रसाद पौडेल, सरोज बुढाथोकी, कमल प्रसाद मिश्र, र माधवप्रसाद थपलिया रहेका छन् ।