काठमाडौं – साहित्यकार अनिता न्यौपानेको कविता संग्रह ‘फूलको विद्रोह’ शनिबार सार्वजनिक हुने भएको छ। शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा आयोजना गरिने विमोचन समारोहमा फूलको विद्रोह सार्वजनिक गरिने छ।
मञ्जरी पब्लिकेशनले प्रकाशित गरेको ‘फूलको विद्रोह’मा ४५ वटा कविता छन्। र, १२१ पेजको कविता संग्रहको विमोचन प्रसिद्ध साहित्यकार हरिहर अधिकारी श्यामलले गर्ने छन्।