काठमाडौँ। त्रिभुवन विश्वविद्यालय अुनदान आयोग आफैले गठन गरेको अध्ययन समितिले बुझाएको प्रतिवेदनलाई लत्याउँदै आंगिक क्याम्पसलाई मनोमानी ढंगले रकम बाँड्ने निर्णय गरेको छ।
त्रिभुवन विश्वविद्यायलका पदाधिकारीहको इसारामा विज्ञान विषय पढाइने २६ वटा क्याम्पसलाई २५ करोड बाँड्ने निर्यण गरेको बुझिएको छ । जसमा त्रिविअन्तर्गतका २४ वटा र सूदुरपश्चिम तथा मध्यपश्चिम विश्वविद्यालयका एक एक वटा क्याम्पस छन्।
बिएससी र एमएससी कक्षा सञ्चालन गरिहेको आंगिक क्याम्पसको अवस्था अध्ययन प्रतिवेदन २०७५ ले न्युन विद्यार्थी संख्या भएका र भौतिक पूर्वाधारसमेत नपुगेका चार आंगिक क्याम्पसलाई ‘साइन्स ल्याब’को रकम नदिन सिफारिस गरे पनि दुई क्याम्पसलाई आयोगले रकम छुट्याएको पाइएको छ। यो समाचार रुबी रौनियारले नागरिकमा लेखेकी छन्।