पुस १६, काठमाडौ। नायिका अदिती वुढाथोकीले चलचित्र ‘हेल्लो जिन्दगी’ मा काम गर्ने भएकी छन्। यो उनको दोस्रो चलचित्र हो। ‘कृ’ मा काम गरेपछि केही समय उनी चलचित्र क्षेत्रबाट टाढा रहेकी थिइन्।
लभस्टोरी तथा सामाजिक कथामा निर्माण हुन लागेको हेल्लो जिन्दगीका लागि निर्माण पक्षले अदितीलाई फाइनल गरेको हो।
चलचित्र ‘ठुली’ र ‘भैरे’ निर्देशन गरिसकेका एभरेष्ट सुर्य बोहोराले हेल्लो जिन्दगीको निर्देशन गर्न लागका हुन्। हेल्लो जिन्दगीका लागि अन्य कलाकारको पनि खोजी भइरहेको निर्माण पक्षले जनाएको छ।
सन् २०१९ को फ्रेब्रुअरीबाट नेपाल र युकेमा चलचित्रको छायांकन सुरु हुने बताइएको छ।
‘कृ’ पछि केही समय खाली बसेकी अदितीले आफुलाई ‘हेल्लो जिन्दगी’ मा कस्तो रुपमा प्रस्तुत गर्छिन् त्यो भने प्रतिक्षा गर्नुपर्नेछ ।