पुस १६, काठमाडाैं। म्युजिक भिडियो निर्देशक तथा मोडल शंकर वीसीले चलचित्र निर्माण गर्ने भएका छन्। म्युजिक भिडियो निर्देशनमा राम्रो सफलता हासिल गरेका मोडल तथा निर्देशक शंकर वीसीले चलचित्र निर्देशन गर्ने भएका हुन्। चलचित्रको पटकथा पनि आफैले तयार पारेका छन्।
म्युजिक भिडियो निर्देशन गर्दै चलचित्रमा प्रवेश गरेका निर्देशकहरु मध्ये कमैले मात्र सफलता प्राप्त गरेका छन्। म्युजिक भिडियोबाट चलचित्रमा पाइला चाल्ने कलाकार धेरै असफल भएका छन्। आफुले २४ वर्ष काम गरेको अनुभवले पनि चलचित्र निर्माण गर्ने शंकरले बताए। उनी भन्छन् ‘२४ वर्ष भन्दा लामो समय म्युजिक भिडियोमा बिताएको छु । अब त आफुलाई पनि स्तरोन्नती गर्नु पर्यो नि हैन।’
कमेडी कथामा निर्माण हुने चलचित्रको मुख्य भुमिकामा हाँस्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ लाई प्रस्ताव गरिएको छ। उक्त्त चलचित्रको लागि केदार घिमिरेसँग कुरा भएको तर, कागजी सम्झौता नभएको वीसीले बताए। वीसीका अनुसार घिमिरेले पटकथा रुचाएका छन्।
कमेडी कथामा निर्माण हुने चलचित्रको नाम भने कलाकारहरु फाइनल भएपछि कार्यक्रम नै गरेर सार्वजानिक गर्ने शंकर वीसीले बताए।