पोखरा – गायक केशव सुवेदीले विसं २०६७ मा रेडियो नेपालबाट स्वर परीक्षा पास गरे। तर, सांगीतिक क्षेत्रमा आशातित उचाइ हासिल हुन सकेन। अपितु, संगीत क्षेत्रबाट उनी टाढिएका छैनन्। निरन्तर संगीत साधनामा छन्।
आफ्नो आवाज कुनाकन्दरासम्म फैलाउन चाहने सुवेदीले मेहनत जारी राखेका छन्। ‘उद्देश्यअनुसार अहिलेसम्म उल्लेख्य सफलता हासिल हुन सकेन, मलाई त्यो थाहा छ, संगीत साधना हो, सफलता-असफलता क्षणिक हुन्छ’ उनी भन्छन्, ‘तर, संगीत साधनालाई निरन्तर अघि बढाउनु पर्छ भन्ने बोध मलाई छ, समयसँगै सफलता हासिल हुन्छ भन्नेमा म दृढ छु, ‘अहिलेसम्मका उपलब्धिले खुशी छु, मेहनत गर्छु।’
आफ्नो सांगीतिक क्षेत्रको आरोह–अवरोह सुनाउँदा केशव निकै खुशी देखिन्थे। संगीतको मोहले कसरी तान्यो उनैलाई थाहा छैन। संगीतको लत यसरी बस्यो कि उनी हरहमेसा गीत गाइरहन्छन्।
केशवको संगीतप्रतिको यो लगाव देखेर उनका ठूलोबुवाका छोराले विन्ध्यवासिनी संगीत प्रशिक्षण केन्द्रमा भर्ना गरिदिए। त्यहीँबाट उनले संगीतको पहिलो अक्षर चिने। उनको पहिलो गुरु थिए, भोलाप्रसाद राई। उनैबाट पहिलो पटक ‘सारेगम...’ सिके।
‘तर, अहिले ज्यादै ठूलो प्रतिस्पर्धा छ, त्यसैले सांगीतिक क्षेत्रमा अघि बढ्नका लागि अझै कठोर साधना गर्नुपर्छ,’ केशव भन्छन्, केशव भन्छन्, ‘संगीत साधना हो, सफलता–असफलता क्षणिक हुन्छ, क्षणिक सफलता वा असफलताले साधनामा असर गर्दैन।’
सर्जकले शब्द खेलाउँछन्। संगीतकारले संगीत भर्छन्। गायकले गाउँछन्। यी तीनै व्यक्तिको संयोजनबाट गीत बन्छ। र, जीवन्त रहिरहन्छ। संगीतमा पोख्त हुन निरन्तर साधना चाहिन्छ। तपस्या चाहिन्छ। ध्यान चाहिन्छ। जसले संगीतको कठिन साधना गर्छ। ऊ नै सांगीतिक दुनियाँको कहिल्यै नअस्ताउने तारा बन्छ।
‘तर, अहिले ज्यादै ठूलो प्रतिस्पर्धा छ, त्यसैले सांगीतिक क्षेत्रमा अघि बढ्नका लागि अझै कठोर साधना गर्नुपर्छ,’ केशव भन्छन्, केशव भन्छन्, ‘संगीत साधना हो, सफलता–असफलता क्षणिक हुन्छ, क्षणिक सफलता वा असफलताले साधनामा असर गर्दैन।’
प्रविधिको विकासका कारण सबैलाई आफ्नो कला प्रस्तुत गर्न सहज भएको धारणा राख्छन् उनी। ‘आजकल कसैले दुःख गर्दैनन्, कम्प्युटर तथा मिक्चरले जस्तो स्वर बनाउन खोज्यो त्यस्तै बनाइदिन्छ,’ उनी भन्छन्, ‘पैसा भएपछि गीत पनि त्यसै हिट भइहाल्छ, बेकारमा कसले मेहनत गरोस्। प्रविधिले संगीतलाई सस्तो बनाइदियो।’
जीवन संघर्ष हो। संघर्ष नै जीवन हो। संघर्ष गरेर कहिल्यै थाक्नु हुँदैन। संघर्षले नै मान्छेलाई सफलताको शिखरमा पु¥याउँछ। केशवलाई यस्तै लाग्छ। यही बुझेका छन् उनले। त्यसैले त निरन्तर सांगीत साधना गरिरहेका छन्।
‘राम्रो गायौ भनेर तारिफ गर्दा एकदमै खुशी लाग्छ,’ मुसुक्क मुस्कुराउँदै केशवले भने, ‘संगीतमा केही गर्न सक्छु भन्ने हिम्मत त्यसरी नै आउँछ।’
दिनभर पोखरामा हुने सांगीतिक कार्यक्रम खोजी हिँड्छन्। चिनजानका कोही भए प्रस्तुतिका लागि ठाउँ मिलाइदिन आग्रह गर्छन्। अवसर पाए प्रस्तुति दिइहाल्छन्। साँझ परेपछि दोहोरी साँझमा पनि गाउन पुग्छन्। ‘दैनिकी राम्रै छ, कोही आयोजकले त पत्याउँदैनन्,’ उनी भन्छन्, ‘तर, मैले गाएपछि सबैले प्रशंसा गर्छन्।’
बगरको शिखर दोहोरी साँझमा उनी जागिरे छन्। दोहोरी साँझबाट मासिक ९ हजार रुपैयाँ आउँछ। कहिलेकाहीँ माया गरेर ग्राहकले टिप्स पनि दिन्छन्। हौसला दिन्छन्। यसले उनलाई थप प्रेरणा मिल्छ। ‘राम्रो गायौ भनेर तारिफ गर्दा एकदमै खुशी लाग्छ,’ मुसुक्क मुस्कुराउँदै केशवले भने, ‘संगीतमा केही गर्न सक्छु भन्ने हिम्मत त्यसरी नै आउँछ।’
रेडियो नेपालमा स्वर परीक्षा पास गरेपछि रेडियो नेपालले एउटा गीत रेकर्ड गर्ने अवसर दिन्थ्यो। स्वर परीक्षा पास भएपछि गीत रेकर्ड गर्न पाउने भए। गीत पनि तयार भयो। कवि तीर्थ श्रेष्ठको शब्द र संगीतकार श्रीमान् थुलुङको संगीतमा गीत तयार भयो।
एरेन्ज भयो। रेकर्ड पनि भयो। ‘तर, बजारमा आउन पाएन। सोही गीत फेरि रि–एरेन्जिङ हुँदैछ, पैसा यसै बालुवामा पानी खनाएजस्तै भयो,’ दुखेसो पोख्दै केशवले भने, ‘सबैको सहयोग उठाएर रेकर्ड पनि गरियो तर बजारमा ल्याउन सकिएन।’
काठमाडौँको एउटा कार्यक्रममा केशवको आफ्नो हार्मोनियम नै गायब भयो। अहिले उनीसँग अर्को हार्मोनियम छैन। ‘आयोजक साथीहरूले पनि लापरबाही गरे, मसँग अहिले हार्मोनियम नै छैन,’ उनले भने।
त्यस्तै अर्को गीत पनि १०–१२ वर्ष पहिल्यै ल्याउने तयारी हुँदै थियो। संगीतकार नवराज बरालको संगीत, रमेश पंगेनीको शब्द र सुनील थापको एरेन्जमा गीत तयार भयो। त्यो गीत पनि रेकर्ड भयो तर उनले बजारमा ल्याउन सकेनन्।
गीतको बोल थियो:
‘जूनै नदेखी, घामै नदेखी
बिती गयो, अब मेरो जिन्दगी...’
संगीतकार सागर शाहले गीत सुने। गीत सुनेपछि गीत सार्वजनिक गर्नुपर्ने कुरा उठाए। त्यो गीत पनि रिमेकको तयारीमा छ। ‘पैसा भए म पनि हिट हुन्थेँ होला, के गर्ने!’ केशवले भावुक हुँदै भने, ‘सबैको धेरथोर सहयोग पाएको छु र जेनतेन चलिरहेको छ।’
त्यस्तै अर्को गीत ‘थाहै हुन्न पिरती कति बेला जोडिन्छ, छुटिन्छ’ भन्ने बोलको गीत पनि रेकर्डिङको तयारीमा रहेको छ।
३२ वर्षीय केशव दृष्टिविहीन भएकैले पनि कसैले केही फाइदा उठाए। उनलाई त्यो दिनको अझै सम्झना छ।
काठमाडौँको एउटा कार्यक्रममा केशवको आफ्नो हार्मोनियम नै गायब भयो। अहिले उनीसँग अर्को हार्मोनियम छैन। ‘आयोजक साथीहरूले पनि लापरबाही गरे, मसँग अहिले हार्मोनियम नै छैन,’ उनले भने।
परिवारमा आमा सरस्वती सुवेदी, बुवा शिवलाल सुवेदी र उनका भाइबहिनी छन्। भाइबहिनीले संगीतमा लाग्न उनलाई हौस्याउँछन्। ‘परिवारबाट मैले धेरै सहयोग पाएको छु,’ उनले भने, ‘सबैको साथ छ। मेरो रुचिको क्षेत्र पनि हो, त्यसैले संगीतलाई म कहिल्यै छोड्दिनँ।’