काठमाडौँ, १८ पुस। नायिका पूजा शर्माको मुख्य भूमिका रहने चलचित्र ‘सम्हालिन्छ कहिले मन’का लागि नायकमा आकाश श्रेष्ठको टुङ्गो लागेको छ। चलचित्र ‘रामकहानी’मा आकाश र पूजाको जोडीलाई दर्शकले अत्यधिक रुचाएका थिए।
नायक श्रेष्ठ केही दिनअघि मात्र चलचित्रका लागि फाइनल भएका हुन्। चलचित्रमा दुई नायक र एक नायिका रहनेछन्। ‘सम्हालिन्छ कहिले मन’मा आकाशले लिएकोे पारिश्रमिक भने सार्वजनिक गरिएको छैन।
सुदर्शन थापाको लेखन तथा निर्देशनमा बन्न लागेको ‘सम्हालिन्छ कहिले मन’को छायांकन नेपाल र यूकेमा गरिने भएको छ।
चलचित्रको एउटा गीतमा कभर गीत गाएर चर्चामा आएका भारतीय मुलका तिब्बतियन गायक सोनम तोप्देनले स्वर दिने भएका छन्।
छायांकनका लागि चलचित्रका नायक, नायिका र प्राविधिकको भिसासमेत आइसकेको बताइएको छ।