धनगढी – कैलालीको अत्तरियामा एक हायसमा एक्कासी आगलागी भएको छ।नेपालगञ्ज जानका लागि यात्रु खोजीरहेको शुक्लाफाटा यातायातको बा ४ ख ५८६८ नम्बरको हायसमा आगलागी भएको हो।
उनका अनुसार उक्त हायसमा शुक्रबार बिहान कैलालीको गोदावरी नगरपालिकामा पर्ने अत्तरिया चोकमा आगलागी भएको थियो।आगलागीबाट हायसमा पूर्ण रुपमा जलेर नष्ट भएपनि मानविय क्षति भने नभएको कैलालीका प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले बताए।
हायसमा मालिक र चालक मात्र रहेका बेला तार सर्ट भए आगलागी हुँदा मानविय क्षति नभएको प्रहरीले जनाएको छ। आगलागीपछि हायसमा भएका उनीहरु भागेका थिए। गोदावरी नगरपालिकाको दमकल र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए।