वीरगंज – वीरगंजमा शनिबार भोजपुरी संगीतले माहोल तताएको थियो। भोजपुरीमुलका विदेशी गायक राजमोहनले आफ्ना प्रस्तुती मार्फत मन्त्रमुग्ध नै बनाएका थिए।
स्थानिय एक बिद्यालयको प्राङ्गणमा साझँ राज मोहनले ‘तोहर शहर’, ‘सात समुन्दर पार लेजाइके’, ‘माई मत रोइए’ जस्ता पश्चिमेली धुनका गीत गाएका थिए। नेकपाका स्थानिय युवा नेता अरवीन्द सिंहले भने – ‘अश्लीलता र छाडापनको पर्याय बन्ने अवस्थामा रहेको भोजपुरी गीत सङ्गीतको अलग धारको प्रतिनिधित्व गर्दै नेपाल आउनुभएका नेदरल्याण्डनिवासी अन्तर्राष्ट्रिय भोजपुरी गायक राजमोहनको उन्नत स्तरको प्रस्तुतिले मन्त्रमुग्ध बनायो।’
आफ्नो प्रस्तुतीको क्रममा राजमोहनले आफ्ना पुर्खा (१ सय ५० वर्ष पहिले नेपालका साथै भारतको यूपि, बिहारका ७० परिवार)को कथा पनि समेटेका थिए। ति परिवारलाई ब्रिटिस शासकहरुमार्फत जहाजबाट दक्षिण अमेरिका महादेशमा पर्ने नेदरल्याण्डको उपनिवेश टापु सुरिनाम (सरिनाम) मा पुर्खाहरुको कथा पनि आफ्नो गीतमा समेटेका थिए।
डच सरकारले १८८५ मा सोही टापुमा खेती गर्न भोजपुरी भाषीहरुलाई जग्गा दिएको थियो। अहिले त्यो टापु छुट्टै देश बनेको छ। चालिस वर्षको सरिनामको बसाईमा आफुले १९८६ मा पहिलो पटक भारत पुग्दा भोजपुरी समाजको सुगन्ध महसुस गरेको र आफनो रितिरिवाज संस्कारलाई नजिकबाट हेर्ने मौका पनि पाएको बताए।
‘२० वर्ष पहिले भोजपुरी गीत, कविता, गजल, संगीत सुरिनाममा थिएन,’ राजमोहनले भने – ‘२० वर्ष यता मैले थुप्रै गित, संगीत उत्पादन गरेकोले यूरोप, दक्षिण एसिया, अमेरिकालगायत महादेशमा मन पराउन थालिएको छ।’
भोजपुरी भाषाको विकास तथा प्रवद्र्धनका लागि नेपाल भोजपुरी समाज वीरगंजले कार्यक्रमको आयोजना गरेको हा। राजमोहनसंगै कार्यक्रममा भोजपुरीका साहित्यकार तथा नेकपाका नेता गोपाल ठाकुर,भोजपुरी समाजका अजमत अलि,धुव्र सिंह, रितु राज, विभा मेहतालगातले प्रस्तुति दिएका थिए।