डमरुबल्लभ भट्टराई –
सरकारी सेवाबाट बिदा भएको १८ वर्ष भएछ। अब म त्यो क्षेत्रमा रहिनँ। म सक्रिय कर्मक्षेत्रबाट टाढै छु। जेजति छन्, स्मृतिमा मात्र छन्, ती पनि अधूरा–थोरैमात्र। प्रकृतिको नियमानुसार सबै छुट्दै गए, कहाँ ती योग्यता र क्षमताका कुरा, कहाँ सफलता र असफलताका कहानी। अब जीवन अर्कै बाटोमा छ। टाकुरामा पुगेर हेर्दा लाग्छ, कसरी यहाँ पुगेँ होला? कसले आत्मबल दियो होला? भीर, पाखो, पहिरो, बाढी, जङ्गल, जीवजन्तु, नदी जङ्घार, हिउँ, झरी, वर्षा, हिलो, खाल्टा, दोबाटो आदि सबै त्यहाँ थिए। यो लामो उकालो यात्रा सकुशल पार गर्न साथ दिने र बुद्धि, विवेकलाई ठेगानामा हिँडाउन प्रयास गर्ने, मेरो पकडभन्दा बाहिर कतै कोही थियो कि! यसैको सेरोफेरोमा यो कविता सम्झिन पुग्छु।
‘कहाँ थियो बास अघि म को थिएँ,
कसो हुँदा यो पिजरा लिदो भएँ,
कहाँ छ जानु कुन साथ लिकन,
तलाई मालुम छ कि यो कुरा भन।’
–कवि शिरोमणि लेखनाथ पौड्याल
२०२२ साउनको दोस्रो हप्ता युनिभर्सिटीको पढाइ शुरु भइसकेको छ। बाल्यकालदेखि गर्दै आएको एकोहोरो पढाइ निरस लाग्न थालेको छ। सँगसँगै केही गर्न मन छ। तर, के गर्ने, कहाँ गर्ने, कसरी गर्ने द्विविधामा छ। रूपरेखा बनिरहेको छैन। अनिश्चित अन्धकारतिर लाग्ने आत्मबल पनि छैन। मन प्रतिदिन अस्थिर हुँदैछ, तरङ्गित हुँदैछ। सल्लाह लिने, दिने कोही छैन। निश्चित लक्ष्य पूरा गरेर मात्र दायाँबायाँ लाग्ने पिताजीको कठोर आज्ञा छ।
पहिलो पडाव बन्यो– झापाको चन्द्रगढी। नेपालमै पहिलोपटक २०२१ सालमा भूमिसुधार लागू भएका जिल्लामध्ये झापा पनि थियो।
कामसँगै अध्ययन पनि चलाउन सक्नुपर्छ, अन्ततः पूर्णकालीन विद्यार्थी जीवनबाट बिदाइ लिने निर्णय गरेँ। कोठामा अरू दुई जना साथी पनि थिए, पढाइमा १ वर्ष पछि र उमेरमा दुई वर्ष अघिका। भोलि होस्टल छोड्ने तर कहाँ जाने के गर्ने टुङ्गो नभएको मनको व्यथा सुनाएँ। तर अचम्म, मेरो निष्कर्षमा उनीहरू पनि साथ हुने भए। अर्काे दिन अनिश्चित भविष्यको दिशामा हाम फाल्यौँ। पहिलो पडाव बन्यो– झापाको चन्द्रगढी। नेपालमै पहिलोपटक २०२१ सालमा भूमिसुधार लागू भएका जिल्लामध्ये झापा पनि थियो। त्यहाँ जागिर पाउने खुब हल्ला थियो। हाम्रो पहिलो पाइला झापा हुनुमा त्यो पनि कारण थियो। कल्पना गर्छु, यसरी हठात् मेरो मन खल्बल्याई अन्धकारको यात्रामा प्रेरित गर्ने अदृश्य शक्ति कहाँ थियो होला।
त्यसबेला झापालाई कालापानी पनि भनिँदो रहेछ। चन्द्रगढीदेखिको साहसी, रोमाञ्चकारी यात्राको पहिलो लक्ष्य बन्यो– भर्खरै स्थापना भएको भूमिसुधार कार्यालयमा जागिर खाने। भूमिसुधार कार्यक्रम भर्खरै शुरु भएको बेला थियो। भारतीय रेलको बाटो हुँदै मेची नदीको जङ्घार तरेर चन्द्रगढी पुगेका थियौँ हामी। हाम्रा बाकस, गुण्टाहरू उदारमना अतिथिप्रेमी आमाको घरको कुनै कुनामा अझै हाम्रो स्मरण गराउँदै होलान्।
भूमिसुधार कार्यालय बुधबारेमा रहेछ। त्यसबेला बुधबारे सहज पहुँचभित्र रहेनछ। हाम्रोलागि त यो यात्रा अति दुस्कर भयो। साउनको झरी, हिलो, उर्लंदो निर्दयी खोलाका जङ्घारहरू, प्रलयकारी तरङ्गका नृत्यहरू, त्यसको डरलाग्दो सुसाईको आवाजले यो यात्राको जरै हल्लाइरहेको थियो। यत्रतत्र लहलह धानका खेतहरू खोला–खोल्सा, नहरहरू, पैनीहरू, गठ्ठाहरू बिग्रिएका पुरिएका रेखाङ्कनसम्म पनि नदेखिने हिलो, कच्ची बाटोहरू पहिल्याउँदै पार गर्नुपर्ने यात्रा। साँप, बिच्छीहरू, अनेकौँ नदेखेका÷नसुनेका जीवहरू यत्रतत्र भेटिने। कतै बाटो भनेर गयो, पानीको खाल्डोमा जाकिने, कतै खेतको डिल डिल छ त कतै बाटै बन्द। कतै जङ्गलको बीचबीचमै हिँड्नुपर्ने। जङ्गली जनावरको बिगबिगी। यताउता नजिकै जनावरहरू दौडेको, कराएको सुनिने। घना जङ्गल, अनियन्त्रित रूपमा जताततै जङ्गलको बीचबीचमा पनि खेतीपाती, जङ्गलभित्रै काठका टुङ घरहरू, गाईका गोठहरू। यस्तै यस्तै आश्चर्यजनक विविधताले भरिएको रोमाञ्चकारी यात्रा।
बुधबारेका स्कूलहरूतिर सम्पर्क गर्ने जाँगर अब चलेन। बाटैमा पर्ने दमक हाईस्कूलतिर पनि पाइला चलेनन्। बाटोमा धेरै शिक्षकका सम्भावना थिए होलान्। तर, मामाको कारणबाट सबै भत्किए। आपसका कुरा पनि कमै हुन थाले। हाम्रो मन अस्थिर भएको छ।
काँधमा झोला छ, साथमा छाता र लठ्ठी, हातमा चप्पल। सुरुवाल पनि काँधमा। घण्टौँको यात्रापछि थकित, हतास, किंकर्तव्यविमूढ स्थितिमा साँझपख बुधबारेको टुङ घरको चिया पसलमा पहिलो विश्राम हुन्छ। हाम्रालागि चिया, चना र चिउराको खाजा तयार हुँदैछ। अरू दुई जना अँगेनाछेउमा छन्। त्यसमध्ये एक जना हाम्रो परिचय लिँदै मलाई भन्छन्, ‘तपाईं त हाम्रो भानिज पो हुनुहुँदो रहेछ।’ यो हाम्रो ठूलो राहतको विषय थियो। तर, आश्चर्य ती अपरिचित मामाले हाम्रो जीवनको धार नै बदल्छन्। कसले भेट गरायो उनीसँग, त्यसको पछाडि को होला, के यो आकस्मिक घटना मात्र थियो? यिनै र यस्तै कुराको सेरोफेरोमा मेरा जीवनको गति अगाडि बढ्नेछ। यो भेट मेरो जीवनको अर्काे मोड थियो।
मामाले दुई जना साथीलाई बस्ने र खाने बन्दोबस्त त्यहीँ मिलाए। मलाई भने उनकै बासस्थान लगे। संयोग उनी भूमिसुधारकै बहिदार रहेछन्। शुरुको नियुक्ति, केन्द्रको अनुमोदनलगायत सबै कुरा देखाए। उनलाई हाम्रो उद्देश्य ठीक लागेको छैन। त्यहाँ भूमिसुधारमा जागिर खाने कुरामा उनी कति पनि उत्साहित छैनन्। विकल्पमा शिक्षक हुने कुरा त सुन्न नै चाहेनन् उनले। उनी भन्छन्, ‘तपाईं यो तल सही गर्नेजस्तै हाकिम हुने मान्छे हो, यस्तो हुन काठमाडौँ नै जानुपर्छ। यहाँ बसेर हुँदैन। जागिर खानैपर्छ।’ यताउता नहेरी तुरुन्त जाने भन्दै धेरै कथा हाले। बिहान सबै कुरा साथीहरूलाई सुनाएँ। सबैमा एक किसिमको विरक्ति आयो, विचलन आयो। यसरी हाम्रो उद्देश्य प्रथम चरणमै पराजित हुन पुग्यो।
बुधबारेका स्कूलहरूतिर सम्पर्क गर्ने जाँगर अब चलेन। बाटैमा पर्ने दमक हाईस्कूलतिर पनि पाइला चलेनन्। बाटोमा धेरै शिक्षकका सम्भावना थिए होलान्। तर, मामाको कारणबाट सबै भत्किए। आपसका कुरा पनि कमै हुन थाले। हाम्रो मन अस्थिर भएको छ। यस्तै क्रममा निरन्तर कष्टसाध्य यात्रामा ३ दिन बितिसके। चौथो दिन बेलुका हामी धरान पार गर्ने स्थितिमा छौँ।
अब पहाडमा गएर शिक्षक हुने सोचाइ छ। पिता पं. बैजनाथ भट्टराई कुनै समय शिक्षक भएकाले उनले पाउने गरेको सम्मानले मलाई पनि लोभ्याएको छ। तर, कहाँ गएर शिक्षक हुने निधो छैन। एक मात्र उद्देश्य पहाडमा जाने र शिक्षक हुने छ। धरान पुरानो बजार हुँदै सीधै पहाड जान पानबारी पुगेपछि मूलबाटो छोडेर उत्तरतिरको गोरेटो बाटोबाट अगाडि बढ्न थाल्छौँ। त्यसबेलाको मलिलो माटो, सप्रेका मकैका बोटहरू। मकै बारीको बीचबीच भएर भर्खरै रोपेको धानको खेतको आली हुँदै सेरा र सेउती खोलाको बगर तरेर धरान पुरानो बजार पुग्नुपर्छ। मकैबारीमा ओझेल पारेर एकैछिन म पिसाब गर्न रोकिन्छु। तत्कालै पुनः त्यही बाटो हतार हतार जाँदा साथीहरू भेटिँदैनन्।
पिताजीलाई छल्न नै मूलबाटो छोडेर गोरेटो बाटो लाग्नाले साथीभाइसँग विछोड भएको थियो। दाजुको सुझाव थियो, ‘शिक्षक हुने भए बीएड गर्न जरुरी छ, अञ्चल शिक्षा अधिकारी कार्यालयले विज्ञापन गरेको पनि छ। समय अझै बाँकी होला, यहाँ बस्ने काम छैन, आफ्नु व्यवस्था आफै गर्नू।
छिटोछिटो चारैतिर हेर्छु, कराउँछु, साँझ पर्न लाग्यो, डर पनि लाग्न लाग्न थाल्यो, छिटोछिटो हिँड्ने, दगुर्ने भइरहेको छ। यस्तैमा सूर्य अस्ताउँछन्, साँझ पर्छ। सेउती र सेरा खोलाको डरलाग्दो एकान्त सुसाई। स्यालको हूँ हूँ, एक्लो, हतास मनस्थिति छ। आत्मग्लानि छ। छोटो समयमा नै ती साथीहरू कसरी अल्मलिए वा लुके, कहाँ गए त, साँझसम्म पनि नभेटिनु, कसले लुक्ने परिस्थिति बनायो होला? यसमा मानवनिर्मित परिस्थिति कति थियो, जसले मेरो बाटो नै बदलिदियो।
यो अन्धकारतिरको यात्रामा म पुनः केही समयपछि आफ्नै घरमा असहाय मुसोजस्तो बनेर भित्रिएको छु। पहाड जाने शिक्षक हुने इच्छा पनि निरर्थक भएको छ। मेरो प्रथम सङ्कल्प समाप्त भएको छ। म आफैँलाई प्रश्न गर्छु, के यो स्वाभाविक घटना वा दुर्घटना मात्रै थियो वा हाम्रो पकडबाहिर पनि केही छ? किन हो म यो असामान्य घटना मान्दछु। यसलाई पुष्टि गर्न यथास्थानमा केही प्रासङ्गिक कुरा आउलान्।
पढाइलाई यसरी बीचमै रोकेर धरान फर्किएको मेरा दाजु, विश्वनाथ भट्टराईलाई मन परेको छैन। पिताजीको चित्त बुझ्ने कुरै थिएन। पिताजीलाई छल्न नै मूलबाटो छोडेर गोरेटो बाटो लाग्नाले साथीभाइसँग बिछोड भएको थियो। दाजुको सुझाव थियो, ‘शिक्षक हुने भए बीएड गर्न जरुरी छ, अञ्चल शिक्षा अधिकारी कार्यालयले विज्ञापन गरेको पनि छ। समय अझै बाँकी होला, यहाँ बस्ने काम छैन, आफ्नु व्यवस्था आफै गर्नू। पिताजीले थाहा नपाउँदै गइहाल।’ प्रतिवाद गर्ने स्थितिमा म छैन, नतमस्तक भएर दरखास्त दिएँ। छानिएर केही दिनभित्रै बीएड पढ्न कलेज अफ एजुकेशन, वीरगञ्ज पुगेँ। तर, मन भने उही पुरानै छ, भन्छ– पहिले केही काम शुरु गर। अस्थिर मन, जेनतेन ३ हप्ता बिताएँ। अन्ततः विचलित मन लिएर एक साँझ ट्रकमा चढेर काठमाडौँ हिँडे।
काठमाडौँ रानीपोखरीमा पुरानो मित्र प्रेमप्रसाद न्यौपानेकोमा तत्काललाई आश्रयको आश थियो। म एक्लो सहाराविहीन बुझेर होला, ट्रक ड्राइभरले आफ्नो सामान कालीमाटीमा नउतारी रानीपोखरीमै पु¥याइदियो। उसको सौजन्यताले तत्कालै साथीसँग भेट भयो। परिबन्दले केही दिनका लागि भर्खर त्यहाँ पुगेका पिताजीको मामाको छोरा मुक्तिनाथ बरालसँग पनि भेट भयो। अब भने पहिलो पटक केही सहजता अनुभूति भएको छ। अब केही गर्न सकिन्छ भन्ने भरोसा जागेको छ। ‘डुबते हुएका तिनकेका सहारा’झैँ भएको छ।
अर्काे नयाँ परिस्थितिसँग भेट हुन्छ। विराटनगर जनता हाईस्कूलमा हडताल भएछ। त्यो बेला यो पूरै अस्वीकार्य कुरा थियो। पूर्वाञ्चलका तत्कालीन प्रमुख शिक्षा निरीक्षक शंकरलाल सिंहबाट निर्देशन भयो, ‘तपाईं त्यहाँ गएर समस्या समाधान गर्ने प्रयास गर्नुपर्यो। भोलि १० बजे नै त्यहाँ पुग्नुहोला। फर्कंदा अञ्चलाधीशलाई पनि भेट्नुहोला।’
विद्यार्थी जीवनमा मेरिबुङ बस्दा काका मुक्तिनाथ बरालसँग म निकटतम थिएँ। प्रायः हरेक शनिबार र छुट्टीका दिन साथै हुन्थ्यौँ। उहाँ भिनाजु योगराज चापागाईंसँग बसेका रहेछन्। मेरो बसाई पनि साथै भयो। भिनाजु योगराज चापागाईंको सत्प्रयासले अञ्चल शिक्षा कार्यालय धरानमै सबइन्सपेक्टरमा नियुक्ति पाएँ। यसरी साउनको दोस्रो हप्ता शुरु भएको मेरो अठोट पूरा भएको थियो। परिस्थितिले त्यही स्थानमा जागिरे भएर पुगेँ, जहाँबाट केही समयअघि बीएड पढ्न छानिएको थिएँ। त्यहाँ हाकिमहरू प्रायः नबस्ने वा नटिक्ने रहेछन्। संयोगले शुरुमै म निमित्त अञ्चल शिक्षा अधिकारीको जिम्मेवारीमा परेँ।
अर्काे नयाँ परिस्थितिसँग भेट हुन्छ। विराटनगर जनता हाईस्कूलमा हडताल भएछ। त्यो बेला यो पूरै अस्वीकार्य कुरा थियो। पूर्वाञ्चलका तत्कालीन प्रमुख शिक्षा निरीक्षक शंकरलाल सिंहबाट निर्देशन भयो, ‘तपाईं त्यहाँ गएर समस्या समाधान गर्ने प्रयास गर्नुपर्यो। भोलि १० बजे नै त्यहाँ पुग्नुहोला। फर्कंदा अञ्चलाधीशलाई पनि भेट्नुहोला।’ म तोकिएकै समयमा पुगेँ। त्यहाँ खासखास, खुसखुस, एकान्त, यताउति केही कुरा हुँदै गरेको देखेँ। सबै शिक्षक र विद्यार्थी छिनभरमै आ–आफ्नो कक्षामा पसे। प्रअले भने, सर! कुरा मिलिसक्यो, अब गए हुन्छ, कक्षा चल्छ। त्यसपछि अञ्चलाधीशलाई भेट्न गएँ। त्यसबेला अञ्चलाधीश शेरबहादुर शाही रहेछन्। भेट्नासाथ उनले भने, ‘तपाईंले त गजब गर्नुभयो। राम्रोगरी हडताल समाप्त भएछ, धन्यवाद! छक्क पर्दै, खुसी हुँदै फर्किएँ। यो कुरा अञ्चलाधीशले पूर्वाञ्चलको मेरो हाकिमलाई पनि भनेछन् क्यार। उनले पनि त्यस्तै कुरा दोहाेर्याउँदै थप कुरा भने, ‘तपाईंजस्तो मान्छे, यो पदमा किन बसेको?’ अब मेरो हर्षको सीमा रहेन। केही नगरिकन नै यति ठूलो स्यावासी!
विराटनगरको यो घटनाले नयाँ अवस्था सिर्जना ग¥यो। कार्यालयको कार्यप्रगतिको पनि राम्रो जानकारी नपाउँदै पश्चिमाञ्चल क्षेत्रीय निरीक्षकअन्तर्गत कास्की–पोखराको विकास जिल्ला निरीक्षकको नियुक्तिपत्र पूर्वाञ्चलका क्षेत्रीय निरीक्षक शंकरलाल सिंहले स्वयं हस्तान्तरण गरे। उनी स्वयं काठमाडौँ गएर त्यो पत्र साथै लिएर आएका रहेछन्। धन्य ईश्वर, धन्य मेरा आदरणीय सुपरिवेक्षक भन्दै अनुगृहित हुँदै पोखरा पुगेँ।
अब म अर्काे दुनियाँमा प्रवेश गरेको थिएँ, शक्तिको केन्द्र सिंहदरबार चिटिक्क पारी लगाएका ढल्के टोपी, कोट, टाइट दौरा–सुरुवाल, काँटी ठोकेका टक टक गर्ने जुत्ताको आवाज, भित्र–बाहिर जताततै सबै राम्रो खान पाएका र लाउन पाएकाहरूको चहलपहलजस्तो। खानपिन, बोलीचाली, शिष्टाचार हरेक कुरा मेरालागि नौला।
त्यसबेला कास्कीमा एउटा सम्झनालायक चर्चित घटना नजानिकनै घटेछ। जिल्ला सभापति चन्द्रसिं घले पञ्चायतकालीन सभापतिमध्ये जल्दाबल्दामा पर्ने रहेछन्। तर, उनी अध्यक्ष भएको स्कूलको पढाइ सन्तोषजनक रहेनछ। मापदण्डअनुसार वार्षिक आर्थिक सहायता रोकिदिए। त्यसले केन्द्रसम्म प्रभाव पारेछ। सकारात्मक वा नकारात्मक के कस्तो प्रभाव हो, म धवलागिरि अञ्चलको शिक्षा अधिकारीमा कामु गरिएँ। यसरी म पोखराबाट पनि बिदा भएको थिएँ।
मैले बागलुङमा काम गर्न शुरु गरेँ। केही समयपछि शिक्षा मन्त्रालयबाट व्यावसायिक शिक्षाका प्रमुख रणबहादुर थापासहितको विज्ञटोली बागलुङ आयो। केही दिनको बसाईपछि ‘तपाईं काठमाडौँ बस्ने हो’ भनेर सधे। म अकमक्क परेँ, यसबारे सोचेकै थिइनँ। काठमाडौँ बस्न सहज हुँदैन भन्ने मेरो पुरानो छोटो अनुभव थियो, खास आकर्षण थिएन। अन्त्यमा उनले भने, ‘काठमाडौँ आउनुभयो भने भेट्नुहोला।’
‘काठमाडौँ जाने कुराले मन आन्दोलित हुन थालेको थियो। यसैबीच काठमाडौँमा अञ्चल शिक्षा अधिकारीहरूको सम्मेलन हुने भयो। त्यसमा एक जना वक्ता प्रमुख रणबहादुर थापा पनि रहेछन्। त्यहाँ उनले मन्त्रालय आएर भेट गर्ने संकेत गरे। अर्काे दिन त्यहीँ उनकै शाखामा काम गर्ने गरी सरुवा गरिएँ।
अब म अर्काे दुनियाँमा प्रवेश गरेको थिएँ, शक्तिको केन्द्र सिंहदरबार चिटिक्क पारी लगाएका ढल्के टोपी, कोट, टाइट दौरा–सुरुवाल, काँटी ठोकेका टक टक गर्ने जुत्ताको आवाज, भित्र–बाहिर जताततै सबै राम्रो खान पाएका र लाउन पाएकाहरूको चहलपहलजस्तो। खानपिन, बोलीचाली, शिष्टाचार हरेक कुरा मेरालागि नौला। यसैबीच मैले लोकसेवा आयोगबाट स्थायी तर्फको अधिकृत पास गरेँ। अब सरकारी सेवामा चौतर्फी ढोका खुलेको थियो। यसैको आडमा क्रमशः ठाउँठाउँमा प्रमुख जिल्ला अधिकारी, सचिव हुँदै ५ वर्ष सेवा अवधि पूरा गरेर पेन्सन लिएँ। केही पछि निर्वाचन आयुक्त पनि भएँ।
यसरी २०२२ सालमा शुरु भएको अनिश्चित भविष्यको यात्रा २०६३ मा पूरा हुन्छ। यसबीचमा मैले समय–समयमा तालिम, तक्मा, पुरस्कार पाएँ। सामान्यतया प्रमोसन समय–समयमा हुँदै गयो। प्रोत्साहन हुने वाणी, वचन र जिम्मेवारी पनि पाउँदै गरेँ। यी सबै मेरा योग्यता, क्षमता र आकांक्षाभन्दा अलिक बढि नै थिए होलान्। कानूनको आडमा ठाउँ–ठाउँमा हठी पनि बने हुँला। सर्वसाधारणलाई भलाइ हुने कुरामा सीमा नाघेर पनि विवेकसम्मत निर्णय गर्न प्रयास गरेँ हुँला। फुर्सदको उपयोग गर्ने साधन थिए, ठाउँअनुसार भलिबल, टेबुल टेनिस र भजन। तर, सौभाग्यले कतैबाट पनि अप्रिय कुरा सुन्न परेन। यो पनि मेरो शक्तिको स्रोत होलाजस्तो लाग्छ।
आफैँलाई फर्केर हेर्दा जानेर वा नजानेर जिल्लामा मादक पदार्थ र ताससँग टाढै बसेँ। राजनीतिकर्मी तथा कर्मचारीहरूको खेमाहरूमा पनि मेरो समान सम्बन्ध रहन्थ्यो। कसैसँग तेरो–मेरो, टाढा–नजिक, पक्ष–विपक्ष वा कुनै विचारमा पनि म प्रवेश गर्न चाहिनँ। काम, कर्तव्य र उत्तरदायित्वप्रति मैले सदा सतर्क रहन कोसिस गरेँ। काम पूरा नहुञ्जेल निरन्तर लागिरहने प्रयासले पनि सुपरिवेक्षकप्रति केही सार्थक प्रभाव पारेको हुनसक्छ।
‘कहाँ छ जानु, कुन साथ लिकन’ समय–समयमा सम्झेर सत्व गुणका कणहरू धेरथोर मात्रै पनि छर्न सकेको भए केही कल्याणकारी बाटो पनि कतै भेटिन्थ्यो कि! जति अग्लो रूख हुन्छ, जराहरू त्यहीअनुरूप
बलियो हुन जरुरी छ भन्दारहेछन्।
राज्य शक्तिलाई उचित ठाउँमा र समयमा सन्तुलित भएर प्रयोग गर्न सर्वसाधारण अधिकारीबाट सम्भव नहुनसक्छ। शक्तिको तापलाई संयमित तथा सन्तुलित बनाउन सान–मानले पनि बाधा पार्ने नै होला। त्यसमा पनि विवेकमा थोरै मात्र कमी भयो भने त नतिजा प्रतिकूल हुने नै भयो। म पनि यो परिस्थितिभन्दा बाहिर कहाँ थिए होला र! महाकविको त्यो कविताको सान्दर्भिकता र मर्म आफ्नो कर्मक्षेत्रमा कति मनन गर्न सकियो होला। पछिसम्म आत्माको आवाज नै सुन्नु पर्नेछ।
यदाकदा काम गरेका जिल्लाका सर्वसाधारणसँग भेट हुने गर्छ। कसै–कसैले ‘तपाईको पालामा यो भएको थियो, तपार्इंले यो गरिदिनुभयो’ भनेर सुनाउँछन्। सुन्दा छाती फुलेर आउने रहेछ। त्यस्ता शब्दहरू कति प्रिय हुने रहेछन्। आफैँलाई पटक पटक दोहाेर्याउन मन लाग्छ। तर, थाहा छ, पुनः अवसर आउने छैनन्। पश्चाताप वा पीडा भने आजन्म पछि लाग्नेछन्। आफ्नै कर्मले घरीघरी टोकी रहनेछ।
‘कहाँ छ जानु, कुन साथ लिकन’ समय–समयमा सम्झेर सत्व गुणका कणहरू धेरथोर मात्रै पनि छर्न सकेको भए केही कल्याणकारी बाटो पनि कतै भेटिन्थ्यो कि! जति अग्लो रूख हुन्छ, जराहरू त्यहीअनुरूप बलियो हुन जरुरी छ भन्दारहेछन्। दान, तपस्या, ध्यानजस्ता आदर्शका कुरामा पनि समयमै सानोतिनो योगदान गर्न सकेन भने अन्त्यमा नाटक मात्रै हुने होलान्। यस्ता कुरामा कहाँ ध्यान पुग्यो र? यी त आदर्शमा मात्र रहे। तर, अब ढिला भइसकेछ।
टेम्पो ड्राइभर रमा भन्दैछिन्, ‘बाजे अलिक वर बस्नुहोस् न, एक जना अटाउनु पर्यो नि, अलि पर खाली भइहाल्छ नि ! बरु भाडाचाहिँ दिँदै गर्नुहोस्।’ धन्य कर्मक्षेत्र।
लेखक नेपाल सरकारका पूर्वसचिव एवं नियुक्त आयुक्त हुन्।