वीरगंज – प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल बारा र पर्सामा आइतबार साँझ आएको हावाहुरीका कारण प्रभावितलाई राहत लिएर वीरगंज पुगेका छन्।
आइतबार राति नै सोनल जनकपुरबाट बारा गृह जिल्ला पुगेका थिए। उनले बाराको चैनपुरमा एक ट्रयाक्टर खद्यान्न सामग्री वितरण गरेका छन्।
साथै उनले नारायणी अस्पताल नजिकै रहेको रक्त सञ्चार केन्द्रमा पुगेर रक्तदान गरेका छन्। उनको ब्लड गु्रप बि पोजेटिभ हो। घाइतेको उपचारका लागि रगतको अभाव नहोस् भन्नका लागि रक्तदान गरेको उनले बताए।
आइतबार राती आएको आँधी–हुरीका कारण बारा र पर्सामा ३१ जनाको मृत्यु भइसकेको छ भने सातसय भन्दा बढी घाइते छन्।