काठमाडौँ, १९ पुस। यस वर्षको ‘नारायण गोपाल युवा संगीत पुरस्कार’ युवागायक तथा संगीतकार अजर जंगमलाई प्रदान गरिने भएको छ ।
पुरस्कार छनौट समितिले जंगमलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको राष्ट्रिय युवा सेवा कोषका अध्यक्ष भीमबहादुर अधिकारीले जानकारी दिए। पुरस्कारको राशि रु ४० हजार रुपैयाँ, स्वर्णपदक र प्रमाणपत्र रहेको छ ।
कोषका अध्यक्ष एवं गीतकार विश्व बल्बलभको अध्यक्ष्यतामा पुरस्कार छनौट समितिका गठन गरिएको थियो।
वि.सं. २०४८ मा स्थापित ‘नारायण गोपाल युवा सङ्गीत पुरस्कार’ साङ्गीतिक विधामा निरन्तर सक्रिय ४० बर्षमुनिका युवा गायक तथा संगीतकारलई प्रदान गरिँदै आएको छ।
त्यस्तै कोषले नै स्थापना गरेको ‘अरनिको युवा कला पुरस्कार’ कलाकार समुद्रमान श्रेष्ठ र सुन्दर लामालाई संयुक्तरुपमा प्रदान गरिने भएको छ। पुरस्कारको राशि रु. ५० हजार, स्वर्णपदक र प्रमाणपत्र रहेको छ ।
वि.सं २०५७ सालमा स्थापना भएको ‘अरनिको युवाकला पूरस्कार’ कोषले राष्ट्रिय विभूति अरनिको स्मृति एवं सम्मानका साथै कलाको संरक्षण र विकासमा प्रोत्साहन गर्ने उद्देश्यले स्थापना गरेको हो ।