काठमाडौँ – दीपकराज गिरीले नयाँ चलचित्र ‘छ माया छपक्कै’ बनाउने भएका छन्। हास्यकलाकार तथा निर्माता गिरीले आफ्नो नयाँ चलचित्रको घोषणा फेसबुकमार्फत गरेका छन्।
फेसबुक स्टाटसमा उनले लेखेका छन्, ‘सुटिङ वैशाखदेखि ... प्रदर्शन दशैँमा’ यसका साथै उनले यसको निर्देशन दीपेन्द्र लामाले गर्ने पनि फेसबुकमा बताएका छन्। साथै, हरि हुमागाईंले छायाङ्कन गर्नेछन्।
गिरीले यसभन्दा पहिले छक्का पन्जा, छक्का पन्जा २, छक्का पन्जा ३, छ एकान छ, वडा नम्बर छ, शत्रु गते आदि चर्चित तथा व्यापारिक रूपमा सफल चलचित्र दिएका छन्। उनले चलचित्र सुन्दर मेरो नामबाट मुख्य चरित्रमा अभिनय गर्न शुरु गरेका हुन्।