डमरुबल्लभ भट्टराई
पिताजी वर्षाैंपहिले शिक्षाको प्यास मेटाउन चैनपुर, भोजपुर, ओखलढुङ्गा हुँदै १२ दिनको पैदल यात्रापछि शक्तिकेन्द्र नेपाल (काठमाडौँ) पुग्नु भएको रहेछ। मचाहिँ विराटनगरबाट जोगवनी हुँदै रेलमार्गबाट रक्सौल–वीरगञ्जबाटै स्रोत र साधन केन्द्र काठमाडौँ उपत्यका उक्लिएको थिएँ। कहाँको सुनसान र शान्त क्षेत्रमा जन्मेको हुर्केको म, कहाँ स्रोत र साधनको केन्द्र राजधानीको भीडभाड, चहलपहल। मेरा लागि सबै नयाँ।
पहिलोपटक कामको खोजीमा म शक्तिकेन्द्र सिंहदरबार प्रवेश गर्दै थिएँ। नाता–कुटुम्ब, सङ्गी–सम्बन्धी, जान–पहिचान, मित्रता–सम्पर्क सूत्रबाट धेरै टाढा काठमाडौँ। पिताजीसँग लुकेर हिँडेकाले त्यसबेलाको स्थितिबारे जानकारी लिने कुरै भएन। यो आकस्मिक अवतरण मेरो जिद्दीको फल थियो। तर, सायद अदृश्य शक्तिको कृपा, यत्रतत्र सहयोगी हातहरू फेला परे।
संयोगले, मजस्तो अदनालाई कर्म क्षेत्रमा अगाडि बढ्न चाहने आधारभूत ज्ञान, सीप र विवेकको धरातल तयार पार्न निरन्तर संरक्षण, प्रोत्साहन, प्रेरणा प्रदान गर्ने सकारात्मक सोचका धनी हाकिमहरूअन्तर्गत काम गर्ने अवसर पाउनु नै ठूलो सौभाग्यको कुरा थियो। तत्कालीन केही हाकिमहरूको नाम लिँदा मन नै फुरुङ भएर आउँछ। विशेष गरेर प्रारम्भिक दिनहरूमा उपसचिव रणबहादुर थापा, मुक्तिबहादुर मानन्धर, सह–सचिव मंगलकृष्ण श्रेष्ठजस्ता योग्य प्रशासकहरूको मातहत काम गर्न पाउनु वास्तवमा नै गर्वको कुरा रहेछ।
त्यहीँ अनुशासनको पाठ पढाइयो, जिम्मेवारीको महत्त्व बुझाइयो, ठूलाबडा अधिकारीहरूसँग सीधै सम्पर्क गर्ने वातावरण दिइयो, कार्यक्षमतामा वृद्धि गरियो। यसरी समष्टि रूपमा अपग्रेड हुनसक्ने परिस्थिति बन्दै गयो।
कर्मक्षेत्र प्रवेशको प्रारम्भिक दिनहरूमा जेजति पूर्वाधार बन्यो, उहाँहरूकै अमूल्य योगदान रह्यो। केन्द्रीय प्रणालीअन्तर्गत रहेर समस्याको पहिचान, रेकर्ड, टिप्पणी, पत्राचार, मिटिङ व्यवस्थापन, विषय प्रस्तुतीकरण, संगठन तथा कार्यविधि, कार्य प्रणालीमा सरलीकरणलगायत प्रशासन सुधारका विषयमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञानको स्रोत उहाँहरूको प्रशिक्षण थियो।
मंगलकृष्ण श्रेष्ठ स्वयं प्रशासनविद्, प्रशासनसम्बन्धी पुस्तकको लेखक पनि हुनुहुन्थ्यो। रणबहादुर थापा, मुक्तिबहादुर मानन्धरमा कुशल संयोजनकर्ता, मिष्ठभाषी, कर्तव्यपरायण, स्पष्ट मार्गदर्शकजस्ता गुणहरू नजिकबाट नियाल्ने मौका पाएँ। उहाँको मातहत रहेर एउटै कक्षमा रहेर काम गर्यौँ। त्यहीँ अनुशासनको पाठ पढाइयो, जिम्मेवारीको महत्त्व बुझाइयो, ठूलाबडा अधिकारीहरूसँग सीधै सम्पर्क गर्ने वातावरण दिइयो, कार्यक्षमतामा वृद्धि गरियो। यसरी समष्टि रूपमा अपग्रेड हुनसक्ने परिस्थिति बन्दै गयो।
सिंहदरबारभित्र बसाइको प्रारम्भिक वर्षहरूमा मैले जे जति सिकेँ, भावी जीवनको त्यही नै मूल पूर्जा बन्यो। यसरी कुशल असिस्टेन्टको भूमिकादेखि प्रशासकका मूल्यमान्यता तथा तौरतरिकासम्म सिक्ने र बुझ्ने अवसर मेरै वरिपरि थिए। उहाँहरूसँग समकक्षी साथी ज्ञानकाजी शाक्य पनि सँगै लाभान्वित भएका थियौँ। प्रसङ्गले त्यो बेला मलाई चिनाउने र मेरो आत्मबल बढाउने अर्काे एउटा महत्त्वपूर्ण थप जिम्मेवारी हठात् आइपर्यो।
त्यसबेला अर्थ, गृहजस्ता केही मन्त्रालयबाहेक प्रायः मन्त्रालयहरूमा विकासका दरबन्दीहरू रहेछन्। मुख्य सचिवको कार्यालय नजिकै थियो, यो कामका लागि जुन बेला पनि उहाँको ढोका खुला थियो। बाँकी सबै सरोकार अधिकारीहरूसँग फोनबाटै सम्पर्क हुन्थ्यो।
त्यो थियो– मन्त्रालय, विभाग, आयोजना अन्तर्गतका विकासका अस्थायी दरबन्दीहरूको छानबिन गरी के कति स्थायी गर्नु वाञ्छनीय हुन्छ, आवश्यकता पहिचान गरी स्थायीमा परिवर्तन गर्ने विशेष कार्यक्रम। यो काम निकै जटिल र गहन रहेछ, तोकिएको समयमा पूरा गर्नैपर्ने। छानबिन गर्न अर्थ सचिवको अध्यक्षतामा प्रारम्भिक समिति थियो भने अर्काे मुख्य सचिवको अध्यक्षतामा। दुवै समितिको सचिवको काम गर्ने गरी मेरो हाकिम उप–सचिव मानन्धरलाई तोकिएको रहेछ। ठीक यसै बेला उहाँको सहयोगी हुन म पुगेछु। क्रमशः व्यावहारिक रूपमा यो सबै काम मेरो जिम्मेवारी आयो।
उहाँ औपचारिक मात्रै हुँदै जानुभयो। निरन्तर समिति– उपसमितिका बैठकहरू आयोजना गर्ने, निर्णयहरूलाई अन्तिम रूप दिलाउने, मन्त्रिपरिषद्को निर्णय प्रक्रियामा जानेलगायत कामहरू मेरो जिम्मामा परे। त्यसबेला अर्थ, गृहजस्ता केही मन्त्रालयबाहेक प्रायः मन्त्रालयहरूमा विकासका दरबन्दीहरू रहेछन्। मुख्य सचिवको कार्यालय नजिकै थियो, यो कामका लागि जुन बेला पनि उहाँको ढोका खुला थियो। बाँकी सबै सरोकार अधिकारीहरूसँग फोनबाटै सम्पर्क हुन्थ्यो।
दरबन्दीसम्बन्धी थप सूचना लिने, विश्लेषण गर्ने, आवश्यक परे स्थलगत अध्ययन गर्ने, ओ एन्डसम्म गर्ने, स्थायी गर्ने, संख्या यकिन गर्ने, समितिका बैठकहरू बोलाउने लागयतको हैसियत प्राप्त थियो। एक किसिमले त्यो कामको केन्द्रविन्दु जस्तै हुन पुगेछु म। सचिव उपस्थित हुन मिटिङहरू पनि फोनबाटै समायोजन हुन्थ्यो, आमन्त्रण हुन्थ्यो। एउटै प्रकृतिको काम निरन्तर भइरहने हुँदा पत्राचार आदि औपचिारिकताको समय पनि थिएन। यसले मेरो कार्यक्षमतामा वृद्धि गर्ने, आत्मबल बढाउने, परिचय गर्ने बानी परेको हुनुपर्छ।
तर, यो त्यो समय थियो, त्यस्ता आदर्श हाकिम मातहत रहेर काम गरेको थिएँ। कालान्तरमा सिंहदरबारभित्र म स्वयं हाकिमको हैसियतमा पुग्दा मेरा शुभचिन्तकहरूले भनेका थिए, ‘सर ! बच्चाले माउ खाने बेलामा आउनु भएछ।’ यथार्थमा हाकिम हुन कहाँ सजिलो हुन्थ्यो होला र!
विकास आयोजनासँग सम्बन्धित पदाधिकारीहरूको निरन्तरको सम्पर्क र सम्बन्धले जनसम्पर्क पनि व्यापक हुँदै गएको थियो। परिस्थितिले मलाई काम गर्ने राम्रो अवसर र विश्वास एकै पटक प्राप्त भएको थियो। यो अवधिमा सुयोग्य प्रशासक सचिव कृष्णबहादुर देउजा र बहुप्रतिभाका धनी रामचन्द्र मलहोत्रसँग पीएको हैसियतले पनि काम गर्ने अवसर जुरेको थियो। यथार्थमा यो मेरो अमूल्य खजाना थियो। म यो काममा धेरै डुबेछु। निर्धारित लक्ष्य प्राप्तिको एकमात्र अठोट थियो।
काममा ढिला गर्ने, पन्छिने, अल्छी गर्ने, घडी हेर्नेजस्ता कुरा सोचमै आएनन्। छानबिन गर्ने, निर्णय लेख्नेजस्ता महत्त्वपूर्ण कार्यहरू अफिसमा नभ्याएर कोठामा लगेर राति, बिहान र छुट्टीको दिनमा पनि गरेँ। कृषि मन्त्रालयको पछिल्लो एउटै माइन्यूट ३० पेजको थियो होला। किताबखानाका अझै यस्ता रेकर्ड जीवित छन्, हुनुपर्ने हो। यस्ता माइन्यूटहरू लगातार बनिरहन्थे।
तल्लो समिति, माथिल्ला समितिहरूको निष्कर्षको नियमित कार्य थियो यो। कार्यसम्पादनका कारणले पनि होला, थप प्रशिक्षण दिने, ग्रेड थप गरिदिने, विदेश पठाउनेजस्ता प्रोत्साहनका काममा कति पनि कमी भएन। ६ वर्ष पूरा भएपछि नियमित प्रक्रियाअन्तर्गत प्रमोशन पनि भएको थियो। तर, यो त्यो समय थियो, त्यस्ता आदर्श हाकिम मातहत रहेर काम गरेको थिएँ। कालान्तरमा सिंहदरबारभित्र म स्वयं हाकिमको हैसियतमा पुग्दा मेरा शुभचिन्तकहरूले भनेका थिए, ‘सर ! बच्चाले माउ खाने बेलामा आउनु भएछ।’ यथार्थमा हाकिम हुन कहाँ सजिलो हुन्थ्यो होला र!
म २०३० सालमा केन्द्रीय प्रशासनबाट स्थानीय प्रशासनको जिम्मेवारीमा प्रवेश गरेको थिएँ। यसैबीच बढुवा भएर पाँचथरकाे प्रमुख जिल्ला अधिकारीमा जानुपर्ने भयो। तत्कालै सेडाले ‘एकीकृत जिल्ला प्रशासन योजना’को मर्मअनुसार स्थानीय प्रशासकले शान्तिसुरक्षाका साथै विकास योजनामा लिनुपर्ने नेतृत्वदायी भूमिकाबारे सघन रूपमा सैद्धान्तिक र व्यावहारिक आवासीय प्रशिक्षण दिने भएछ। प्रशिक्षणको अंगका रूपमा बन्दुक चलाउने, घोडा चढ्ने, ड्राइभिङ गर्नेजस्ता विषय पनि समावेश थिए।
यस प्रकार प्रजिअका लागि कठोर प्रशिक्षणपश्चात् ३ महिनापछि मात्र कार्यस्थल पुगेँ। अब म पूर्णतः स्थानीय प्रशासकको जिम्मेवारीका लागि तयार थिएँ। मेरो उत्तरदायित्व वा कर्तव्यबोध अब मेरै जिम्माको विषय थियो। म पूर्णतः स्वतन्त्र थिएँ वा स्वच्छन्द पनि हुन सक्थेँ। मार्गदर्शक वा अंकुशबाट मुक्तझैँ थिएँ। राम्रो वा नराम्रो कार्यको दोषी म स्वयं हुने भएँ। यो क्रम करिब १३ वर्ष चल्यो। अन्तत: २०४६ साल पुस अन्त्यमा काठमाडौँको प्रजिअबाट गृह मन्त्रालयमा सरुवा भएपछि सधैँका लागि स्थानीय प्रशासनबाट बिदा लिएको थिएँ ।