काठमाडौँ – एचआईभी पीडित बालबालिकाहरूको सहयोगार्थ जापानमा सांस्कृतिक कार्यक्रम हुने भएको छ। ‘जापान नेपाल म्युजिक ईभेन्ट अर्गनाईजेशन र यूनिटी गाइजले मे १ मा ‘गोल्डेन वीक म्युजिकल नाइट’ गर्न लागेको हो। कायक्रम जापानको नागोयामा हुनेछ।
कार्यक्रमका संयोजक राजिब लामाका अनुसार B -8 ब्याण्ड, जापानिज डिजे र स्थानीय कलाकारलाई उतार्नेछ।
‘नागोयामा बसोबास गर्ने सम्पूर्ण नेपालीहरुलाई कार्यक्रममा सहभागी भई नेपाली एचआइभी पीडित बालबालिकालाई सहयोग गर्ने कार्यमा साथ दिनका लागि अनुरोध गर्छु,’ संयोजक लामाले कार्यक्रमको सफलताको लागि आग्रह गरे।