काठमाडौँ - अर्चना पनेरुको भारतीय सोसल मिडियामा नेपाली सन्नी भन्दै चर्चा भईरहेको छ। अर्चना पनेरुलाई सायद कुनै नेपाली युवाले बिर्सिएका छैनन् होला जसले पोर्न स्टार बन्छु भन्दै अभिव्यक्ति दिएकी थिइन्।
कुनै समय उत्तेजक भिडियो बनाएर युवाको आकर्षणको केन्द्र बनेकी उनी अहिले भारतमा भाईरल बनेकी छन्। भारतको चर्चित अनलाईन इन्डियाटाइम्सले उनको फोटो फिचर प्रकाशन गर्दै लेखेको छ ‘हेर्नुहोस नेपाली सन्नी लियोन,अचर्ना पनेरु’ वेबसाइटले अर्चना विभिन्न सोसल मिडियामा आपत्तिजनक तस्बिर अपलोड गरेर चर्चामा आएको बताएको छ ।
इन्डिया टाइम्सले इन्टरनेटमा अर्चना र उनकी आमा सुनिता पनेरूका थुप्रै आपत्तिजनक तस्बिर उपलब्ध रहेको बताएको छ। उक्त वेबसाइटमा प्रकाशित समाचारमा २०१५ मा सोसल मिडियामा नग्न तस्बिर सार्वजनिक भएपछि दुवै आमा छोरीलाई समुदायबाट निष्कासित गरिएको र त्यसपछि उनीहरू काठमाडौँतिर बसाइ सरेको भनिएको छ ।
साथै उक्त वेबसाइटले उनले अष्ट्रेलियन ज्याँक विलियन्ससँग डेटिङ गरिरहेको पनि जनाएको छ । उक्त समाचार स्रोतका अनुसार उनले र उनकि आमाले नाङ्गो तस्वीर राख्न धर्म परिवर्तन गरेर क्रिष्चियन भएको जनाएको छ ।
उक्त्त समाचार स्रोतले उनको नाम असलमा कल्पना पनेरु भएको जनाएको छ। यसैगरी अर्चनाले कलगर्लको रूपमा काम गरेर दुई दिनमा नै ८५ हजारसम्म कमाउने गरेको उल्लेख छ।