काठमाडाैँ - नेपाली चलचित्र क्षेत्रमा दिन प्रतिदिन नयाँ कलाकारहरुको प्रवेश भइरहेछ। यसमध्ये केही चर्चामा रहन्छन्। केही गुमनाम हुँदै हराउँछन्। विगतमा भन्दा नेपाली फिल्महरु थप परिस्कृत र गुणस्तरीय बन्न थालेका छन्। जसका कारण नेपाली दर्शकहरुको नेपाली फिल्मप्रति क्रेज बढ्दाे छ। यो वर्ष चर्चामा रहेका केही कलाकारहरुको चर्चा:
अनमोल केसी
अनमोल केसी एक उत्कृष्ट कलाकारको रुपमा नेपाली दर्शकमाझ स्थापित भइसकेको छन्। अहिले उनलाई नेपाली फिल्म उद्योगमा ‘मेगास्टार’ पनि भन्ने गरिएको छ। उनी निर्देशक एवं नायक भूवन केसीको छोरा हुन्। उनले विभिन्न रोमान्टिक फिल्महरुमा अभिनय गरिसकेका छन्। उनले हरेक फिल्ममा नयाँ नयाँ अभिनेत्रीसँग अभिनय गर्दै आएको पाइन्छ। उनी अहिले नेपाली फिल्म उद्योगमा सबैभन्दा उत्कृष्ट कलाकारको रुपमा चिनिन्छ। उनी नेपाली युवायुवतीहरुको ढुकढुकी बन्न पुगेका छन्।
उनले आफ्नो पहिलो फिल्म २०१३ मा ‘जेरी’मा अभिनय गरेका थिए। त्याेसँगै उनले धेरै फिल्महरुमा अभिनय गरिसकेका छन्। उनले अभिनय गरेको हरेक फिल्म हालसम्म चर्चित छन्। २०७५ सालमा उनले ‘क्याप्टेन, ए हजुर ३’ जस्ता उत्कृष्ट फिल्ममा अभिनय गरी दर्शकहरुको मन जित्न सफल भए। ‘क्याप्टेन’मा उपसना सिंह ठकुरी र ‘ए हजुर ३’ फिल्ममा सुहाना थापासँग अभिनय गरेका छन्। ‘ए हजुर ३’ फिल्म भर्खरै मात्र प्रदर्शनमा आएको छ। फिल्मको कुरा गर्ने हो भने उनले अभिनय गरेका सबै फिल्म सुपरहिट हुने गरेको छ। सर्वाधिक बढी पारिश्रमिक लिने कलाकारकाे रूपमा पनि अनमाेलकाे चर्चा हुनेगर्छ।
प्रदिप खड्का
नेपाली कला क्षेत्रमा प्रदिप खड्का पनि एक उत्कृष्ट कलाकारको रुपमा चिनिन्छन्। उनले धेरै फिल्महरुमा अभिनय गरिसकेका छन्। तर उनलाई ‘प्रेम गीत’ फिल्मबाट धेरैले चिन्ने गरिन्छ। प्रेम गीत फिल्ममा उनले पूजा शर्मासँग अभिनय गरेका थिए। ‘प्रेम गीत’ फिल्म नेपाली दर्शकहरुले धेरै मन पराएका थिए। त्यसबाट नै उनी चर्चाको पात्र बन्न पुगे। प्रेम गीतबाट चर्चित नायकको रुपमा स्थापित प्रदिप खड्का अहिले पनि चर्चाको पात्र नै रहेको छ। उनले ‘प्रेम गीत, प्रेम गीत २, लिली बिली, रोज, लभ स्टेसन लगायत अन्य धेरै फिल्महरुमा पनि अभिनय गरेका छन्।
यसैगरी भर्खरै मात्र प्रदर्शनमा आएको ‘लभ स्टेसन’ले पनि दर्शकहरुको मन जित्न सफल भएकाे छ। उनका साथमा अभिनेत्री जसिता गुरुङले अभिनय गरेकी छन्। यो फिल्मबाट पनि उनले राम्रो नाम कमाउन सफल भएका छन्।
प्रियंका कार्की
प्रियंका कार्की एक उत्कृष्ट अभिनेत्रीको रुपमा चिनिन्छन्। उनी पहिलादेखि नै चर्चाको पात्र थिइन्। उनीले धेरै फिल्म तथा गीतहरुमा अभिनय गरेकी छिन्। उनीले अभिनय गरेको गीतहरु सबै दर्शकमाझ अझै पनि लोकप्रिय छन्। उनीले फिल्ममा भन्दा गीतहरुमा बढी आफ्नो समय दिएकाे पाइन्छ।
विगतमा दिनमा आयुष्मान जोशीसँग इन्गेजमेन्ट गरेर पनि उनी थप चर्चामा आएकी थिइन्। उनले अभिनय गरेका केही फिल्महरु सफल भए भने केही असफल भएका छन्। तर पनि उनी एक चर्चित नायिकाको रुपमा नेपाली चलचित्र क्षेत्रमा स्थापित छन्।
पुजा शर्मा
पुजा शर्माको पहिलो फिल्म ‘द थ्री लभर’मा अभिनय गरेकी थिइन्। पछि उनीले ‘प्रेम गीत’ फिल्ममा मुख्य भूमिकाको रुपमा अभिनय गरेकी थिइन्। उनले ‘प्रेम गीत’मा प्रदिप खड्कासँग अभिनय गरेकी थिइन्। ‘प्रेम गीत’बाट उनले सबैको मन जित्न सफल भएकी थिइन्। यसैगरी उनले ‘म यस्तो गीत गाउँछु’ फिल्ममा पनि अभिनय गरेकी थिइन्। उनको साथमा पल शाहले अभिनय गरेका थिए। उनीको त्यो फिल्म पनि ठिकै रुपमा चलेको थियो।
तर पछि उनले ‘रामकहानी’ फिल्ममा अभिनय गरेकी थिइन्। त्योे फिल्ममा आकाश श्रेष्ठसँग अभिनय गरेकी थिइन्। ‘रामकहानी’ फिल्मले व्यापक रुपमा कमाउन सफल भएको थियो। त्योसँगै दर्शकहरुको पनि राम्रो प्रतिक्रिया पाएकी थिइन्। त्यो फिल्मको अभिनय सँगै उनी धेरै नै चर्चामा छिन्।
साम्राज्ञी राज्य लक्ष्मी शाह
साम्राज्ञी राज्य लक्ष्मी शाह नेपाली फिल्मको एक चर्चित नायिका हुन्। उनले पहिलो फिल्म अनमोल केसीसँग ‘ड्रिम्स’ फिल्मको अभिनय गरेकी थिइन्। जुन नेपाली चलचित्र क्षेत्रमा व्यापक रुपमा दर्शकहरुले मन पराएका थिए। पछिल्ला उनीले गरेको फिल्महरु पनि राम्रोसँग नै बजार लिएको पाइन्छ।
यसैगरी यो वर्षको कुरा गर्ने हो भने उनले झरना थापाले बनाएकी फिल्म ‘ए मेरो हजुर २’ मा सलिनमान बानियासँग अभिनय गरेकी थिइन्। उनले ‘इन्टु मिन्टु लन्डनमा’ भन्ने फिल्ममा धिरज मगरमा साथमा अभिनय गरेकी थिइन्। ‘इन्टु मिन्टु लन्डनमा’ भन्ने फिल्म पनि चर्चित फिल्म बन्न पुग्याे। यो फिल्म पनि व्यापक रुपले बजार लिन सफल भएको थियो। याेसँगै उनी नेपाली चलचित्रको एक उत्कृष्ट नायिकाको रुपमा चिनिन्छ।
सलिनमान बानिया
चलचित्र क्षेत्रमा सलिनमान बानिया नयाँ हुन्। सलिनमान एक मोडल र अभिनेता हुन्। उनले पहिलोपटक निर्माता झरना थापाको फिल्म ‘ए हजुर २’ मा अभिनय गरेका हुन्। त्यस फिल्ममा उनले साम्राज्ञी राज्य लक्ष्मी शाहसँग अभिनय गरेको थिए। त्यस फिल्मबाट चर्चाको पात्र बन्न पुगेको सलिनमान बानिया नेपाली चलचित्रमा स्थापित हुन सफल भएको छ।
उनलाई एक चक्लेटी अनुहार भएको कलाकारको रुपमा चिनिन्छ। धेरै फिल्ममा अभिनय नगरेता पनि दर्शकहरुमाझ उनी राम्रोसँग जम्न सकेका छन्। सलिनमान फेसनमा पनि अगाडि नै छन्। जुन धेरै नेपाली युवाहरुले रुचाएका छन्। यसैगरी उनको ‘यात्रा’ फिल्म पनि भर्खरै प्रदर्शनमा आएको छ। उनको चक्लेटी अनुहार र फेसनमा अगाडी भएका कारण नेपाली चलचित्रमा उत्कृष्टको रुपमा नै छन्।
पल शाह
पल शाह एक प्रख्यात कलाकारको रुपमा चिनिन्छ। पल एक मोडल र अभिनेता हुन्। उनले दुई सयभन्दा बढी गीतको भिडियोहरुमा अभिनय गरिसकेका छन्। ‘को होला त्याे, ‘हेल्लो हनी बनी’, ‘आई लभ यू’ मैले भन्नै जानिन भन्ने म्यूजिक भिडियोबाट उनी चर्चित बन्न पुगेको थिए। उनको ‘हनी बनी’ भन्ने म्यूजिक भिडियो धेरै हिट भएको थियो र उनको जिन्दगीको टर्निङ पोइन्ट बन्न पुगेको थियो।
उनले म्यूजिक भिडियो अभिनयसँगै चलचित्र क्षेत्रमा पनि प्रवेश गरे। उनले ‘नाइ नभन्नु ल ४’ भन्ने फिल्ममा अभिनय गरेका थिए। त्यो फिल्मले निकै बजार लिन सफल भएको थियो। त्यस फिल्मलगत्तै उनले ‘म यस्तो गीत गाउँछु’ फिल्ममा पुजा शर्मासँग मूख्य भूमिकाकाे रुपमा अभिनय गरेका थिए। त्यस फिल्मबाट पनि उनले चर्चा बटुल्न सफल भएका थिए। योसँगै उनले ‘शत्रु गते’ फिल्ममा पनि अभिनय गरेका थिए। उनको साथमा आँचल शर्माले अभिनय गरेकी थिइन्। हालसम्म उनकाे चर्चा चलचित्र क्षेत्रमा राम्राे नै भइरहेकाे छ।