धनगढी – कैलालीको धनगढीमा रहेको लिटल फ्लावर बोडिङ्ग हाइस्कुलले पेसागत विकासका लागि स्कुलका शिक्षक शिक्षिकालाई प्रशिक्षण दिएको छ।
सरकारी विद्यालयका शिक्षकलाई यस्ता थुप्रै तालिम प्रदान हुने भए पनि निजी क्षेत्रबाट भने शिक्षकलाई यस्ता प्रशिक्षणको व्यवस्था कमै मात्र हुने गरेका छ। यही बिचमा लिटल फ्लावरले विद्यालयका २४ शिक्षक शिक्षिकालाई ६ दिन सम्म प्रशिक्षण दिएको हो। दक्ष प्रशिक्षकबाट प्रशिक्षण पाएपछि उनीहरुले खुसी व्यक्त गरेका छन्।
लिटल फ्लावर बोडिङ्ग हाइस्कुलका प्रिन्सिपल रामचन्द्र शाहीले आफ्नो सरकारी शिक्षण पेसाको अनुभव सुनाउँदै निजी क्षेत्रमा पनि शिक्षकलाई तालिमको आवश्यकता महसुस भएका कारण विद्यालयका शिक्षक शिक्षिकालाई तालिमको व्यवस्था गरिएको बताए।