काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले समता स्कूल काठमाडौँलाई वर्ल्ड बुक अफ रेकर्डसकाे प्रमाणपत्र हस्तान्तरण गरेका छन्।
सोमबार बालुवटारमा आयोजित कार्यक्रममा ओलीले वर्ल्ड बुक अफ रेकर्डस लण्डनले जारी गरेको प्रमाण पत्र फाउण्डेसनका अध्यक्ष उत्तम सञ्जेललाई हस्तान्तरण गरे। प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पनि उपस्थित थिए।
सो अवसरमा ओलीले फाउण्डेसनले प्रदान गरेको शिक्षाको चर्चा गर्दै १ सय रुपैयाँमा विद्यार्थी पढाएर गरिबका छोराछोरीलाई गुन लगाएको बताए।