काठमाडौँ– काठमाडौँको नागपोखरीमा निर्माण भएको पाँचतारे होटल मेरियट आजदेखि सञ्चालनमा आएको छ। एमएस ग्रुपले बनाएको उक्त होटलले आजदेखि व्यवसायिक सेवा शुरु गरेको हो।
मेरियट इन्टरनेशनलको क्लासिक लक्जरी सेगमेन्टको मेरियटको व्यवसस्थापन पनि उसैले हेर्ने भएको छ। राजधानीमा सञ्चालनमा रहेका पाँचतारे होटलको संख्या आठ पुगेको छ।
१३ तलाको भवनको लागि १३ रोपनी क्षेत्रफलकाे जग्गा रहेको छ। होटल क्यासिनोदेखि सबै पाँचतारे सुविधा उपलब्ध हुनेछन्। १ सय ९३ डिलक्स रुम, २० स्वीट रहेको होटलमा पर्यटन विभागबाट पाँचतारे प्रमाणपत्र भने पाउन बाँकी छ। होटलमा एउटा प्रेसिडेन्सियल पनि रहने छ।
यो सँग मुलुकमा पाँचतारे होटलको संख्या १४ पुगेको छ। काठमाडौँबाहिर पाँचतारे होटलको संख्या पाँच पुगेको छ। उपत्यकाभित्र याक एण्ड यति, होटल अन्नपूर्ण, होटल मल्ल, हायात रिजेन्सी, सोल्टी क्राउन प्लाजा, र्याडिसन, साङ्रग्रिला र मेरियट सञ्चालनमा छन्।
काठमाडौँको एभरेष्ट होटल भने बन्द अवस्थामा रहेको छ।