इलाम – सूर्योदय नगरपालिकाले शिक्षा विकास तथा समन्वय इकाई इलामले पठाएका शिक्षकलाई हाजिरी गराउन रोक लगाउने निर्णय गरेको छ।
अस्थायी शिक्षकको आन्तरिक प्रतिस्पर्धाबाट स्थायी भएर शिक्षक सेवा आयोगबाट सिफारिस भएका शिक्षकलाई समन्वय विना शिक्षा विकास तथा समन्वय इकाइले पठाएको भन्दै नगरपालिकाले हाजिरी नगराउने निर्णय गरेको हो।
त्यसरी पठाइएका शिक्षकको तलबभत्ता व्यवस्थापन गर्न समस्या हुने र शिक्षक व्यवस्थापनमा पनि असर पर्ने भएकोले नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा जानकारी नगराई हाजिर हुन आउने शिक्षकलाई तत्काल हाजिर नगराउन आग्रह गरिएको छ।
साथै विना जानकारी हाजिर हुन आउने शिक्षकको जिम्मेवारी स्वयम विद्यालयले लिनुपर्ने नगरपालिकाका शिक्षा अधिकृत योगनिधि भट्टराईद्वारा जारी परिपत्र भनिएको छ।