कालिकोट - जिल्लाको खाँडाचक्र नगरपालिका – १ महादेव माध्यमिक विद्यालयले रोहित रावललाई कक्षा ८ को मार्कसिट मा बुबाको नाम परिवर्तन गरेर प्रदान गरेको खुलेको छ।
कक्षा ८ को संवेदनशिल मार्कसिट मा बाबुको नाम नै फरक पारेर मार्कसिट थमाइएको खुलेको हो। रावलको बुबाको नाम भीमप्रसाद पाण्डे भनेर लेखिएको छ।
मिमबहादुर रावल हुनुपर्नेमा खाँडाचक्र नगरपालिका र सम्बन्धित विद्यालयको लाप्रवाहीका कारण यस्तो हुन गएको हो। मार्कसिट मा विद्यालयका प्रधानाध्यापक, शिक्षा शाखा प्रमुख, नगरपालिकाको छाप, विद्यालयको छाप हानिएको छ। यसका सन्दर्भमा नगरपालिकाका मेयर जसी प्रसाद पाण्डेलाई सम्पर्क गर्न खोज्दा उनको फोन लागेन ।