निद्रामा देखेको सपनासँग त अतीतमात्र जोडिएर आउँछ, म चाहन्छु, ‘म मेरो भविष्यको सपना देखूँ।’
यति भनेर उसले मबाट दृष्टि अन्तै फेर्यो। आज पनि ऊ यो बगैँचाको एकान्तमा मानिसका आँखाबाट ओझेल परेर एक्लै बोलिरहेको थियो। केही दिनयता म उसलाई यसरी नै सुन्दै आएको छु। मात्र यही भीडको एकान्तमा डुलिहिँड्ने अपरिचित उसलाई म विस्तारै एउटा आत्मीय स्पर्शले अनुभव गर्न थालेको पाउँछु। यो अस्पतालको परिसर हो र यहाँ फूलहरू फुल्नु र झर्नुमा कुनै अन्तर छैन।
यहाँ सृष्टिका कुनै रहस्यले काम गर्दैन। तर पनि यहाँ उस्तै खाले पीडाहरूले दुखेका मनहरूको भेट हुन्छ र सायद त्यसैले यो अर्धविक्षिप्त मानिसको कुनै ठेगाना थाहा नहुँदा नहुँदै पनि म यो यही मध्याह्नमा लगातार तीन दिनदेखि उपस्थित छु। अप्रत्यासित र आकस्मिक एउटा आकर्षण दिएको छ उसले मलाई। लाग्दैछ, यो दुःखको आकर्षण हो। म उसका भाषा पूरा बुझ्दिनँ तर आधामै पनि ऊ पूरा अनुभूत हुन्छ मभित्र।
शिलु मलाई खोज्दै आइपुग्छे वार्ड बाहिरको यो सानो बगैँचामा। हतास ऊ मलाई नभेटेर जति आत्तिएकी हुँदी हो केही छिनअघि, त्योभन्दा बढी रिसाएकी देखिन्छे अहिले। मैले के भो शिलु भनेर सोध्न नपाउँदै ऊ भन्छे, ‘बाबालाई श्वास फेर्न गाह्रो भएर आएको छ एक्कासि। डाक्टरहरू पसिनै पसिना भइसके, तर उहाँको हर्टबिट नियन्त्रणबाहिर छ। तिमी कता कता भौँतारिहिँड्छौ। नछोड न मलाई एक्लै। ल यो औषधि छिटो ल्याउन भनेका छन्।’ ऊ मलाई हातमा एउटा कागजको टुक्रा थमाएर फर्किन्छे।
यतिञ्जेल विदेश नगएर राष्ट्रभक्ति देखाउन खोज्नु मेरो एक्लो मूर्खता रहेछ। अब यसको पीडाको भागिदार शिलु पनि हुने भई। मलाई माफ गर शिलु!
औषधिको बिलसँगै मेरो हर्टबिट पनि दोब्बर बढ्न थालेको छ। पाइलामा एकप्रकारको भारीपनाले पटक्कै अघि बढ्न दिइरहेको छैन। आजसम्मका खर्च र भोलिका लागि जम्मा गर्नुपर्ने रकमका बारेमा सोच्दासोच्दै म एक्लै बोल्न थालेछु, ‘रोगको उपचार पनि गर्न नसक्ने छोराको अनुहार लिएर बाँच्नुजस्तो अभिशाप केही हुन्न रहेछ। तपाईंको मर्दै गइरहेको समयसँग मेरो बढ्दै गइरहेको उमेरको हिसाबकिताब पटक्कै मिल्न सकेको छैन बुवा।’ यतिञ्जेल विदेश नगएर राष्ट्रभक्ति देखाउन खोज्नु मेरो एक्लो मूर्खता रहेछ। अब यसको पीडाको भागिदार शिलु पनि हुने भई। मलाई माफ गर शिलु ! मैले बहिनीको कलिलो अनुहारमा छाइरहने अभावका बादलहरू र वात्सल्यको आइपर्दै गरेको सङ्कट एकसाथ महसुस गरो।
पर धूपीको झ्याम्म परेको हाँगाभित्रबाट उसले मलाई चियाइरहेको म स्पष्ट देख्छु। मलाई कताकता अप्ठेरो लाग्छ। उसका केस्राकेस्रा नछुट्टिएका कपालको गुजुल्टो कसैका लागि पनि आकर्षक छैन। खुट्टामा सामान्य चप्पल लगाएको ऊ लवाइखवाइमा वेपर्वाह कुनै दार्शनिकजस्तो अव्यवस्थित पनि देखिएको छ। घरिघरि एक्लै कुरा गरी बस्छ। खास भनुँ भने दुःखमा मानिसको सबैभन्दा नजिकको साथी ऊ स्वयम् हो कि भन्ने सम्भावनातिर तन्काइदिएको छ उसले मलाई।
मात्र यति अनुभव गरेँ, जस्तै मानसिक पीडामा पनि मानिसको अघि जिउनुको गति पछ्याउनुको विकल्प हुँदैन रहेछ। म र ऊ सायद एउटै गतिमा यसैले नै भेटिने र छुटिने भइरहेछौँ...।
आखिर किन ऊ अस्पतालमा आफ्नो भविष्यको सपना खोज्दै आएको हो? किन उसलाई खुला आँखाले देखिने सपनाको मोेह लागेको हो यस्तो अवस्थामा? मलाई अनेक प्रश्नभित्र जेलिन दिएर ऊ एकैछिनमा कता हराउँछ, पत्तै पाउँदिन। म होशमा आउँदा आफूलाई आईसीयू कक्षबाहिरको काउन्टरमा पाउँछु। खुट्टाहरू कसरी स्वचालित भएर यहाँ अडिन आइपुगे, मैले कुनै भेउ पाउन सकिन। मात्र यति अनुभव गरेँ, जस्तै मानसिक पीडामा पनि मानिसको अघि जिउनुको गति पछ्याउनुको विकल्प हुँदैन रहेछ। म र ऊ सायद एउटै गतिमा यसैले नै भेटिने र छुटिने भइरहेछौँ...।
क्यान्टिनमा भीड छ तर म भीडभित्र एक्लो छु। बहिनीका लागि चाउमिन र आफ्नो लागि चिया अर्डर गरेको निकै बेर भयो। चुपचाप पर्खिरहेछु। यसैबेला अकस्मात् उसको सामुन्ने आफूलाई पाएर भने एकाएक आश्चर्यचकित भइरहेको छु। कति छिटो उसले आफ्नो अनुहार सफा र आकर्षक बनाएर आएको ! लुगाले मात्र चिनेको हुँ उसलाई अहिले। नत्र अनुहारमा न दाह्री छ न आँखाका कुनामा अघि दिउँसो देखेजस्तो कतै कचेरा।
सजातीय पीडाको सहनायकको खोजीमा ऊ मेरोसामु आइपुगेको हो र मेराबारेमा प्रतिक्रिया दिएर ऊ आफ्नो अतीतलाई खन्याउने स्पेस खोजिरहेछ ! र, मलाई लागिरहेछ, अब ऊ नयाँ सपनाको निर्माणमा छ।
बस ऊ जीवनका उत्साहहरू लिएर मेरो अघि देवदूतजस्तो खडा छ। ऊ मलाई इसाराले बोलाउँछ। मलाई सपनाजस्तो लाग्छ। तर पनि म आफ्नो टेबुलबाट उठेर अकस्मात् उसको टेबुलतिर सरिसक्छु। आखिर एकप्रकारको सम्मोहनले म यसै केही दिनदेखि उतिर खिचिँदै आइरहेकै पनि त हुँ ...। एउटा रहस्य फेरि थपिदिएको छ उसले मलाई। उसमा आएको यो एकाएकको परिवर्तनको कारण के हो?
‘तपाईं मलाई किन किन आफन्तजस्तो लाग्यो।’
उसले यसरी कुराको उठान गर्यो, मानौँ ऊ सारा पीडाबाट मुक्त हुन चाहन्छ। सजातीय पीडाको सहनायकको खोजीमा ऊ मेरोसामु आइपुगेको हो र मेराबारेमा प्रतिक्रिया दिएर ऊ आफ्नो अतीतलाई खन्याउने स्पेस खोजिरहेछ ! र, मलाई लागिरहेछ, अब ऊ नयाँ सपनाको निर्माणमा छ। आफ्नो विगतलाई बिदा दिनु अघि ऊ आत्मविश्लेषण गर्न चाहन्छ। पश्चात्ताप गर्न चाहन्छ...।
‘यसको कारण?,’ उसलाई मैले उपेक्षापूर्वक त होइन तर पनि अप्रिय ढङ्गले जस्तो अनुभव हुने गरी सोधेँ।
‘जब मानिस एक्लै बोल्न थाल्छ, त्यसबेला म उसमा आफ्नो नियति देख्छु। आखिर नियतिले नै त हो मलाई यो अवस्थामा पु¥याएको पनि। अनि यो अवस्थामा नपुगेको भए मलाई भविष्यको माया पनि लाग्ने थिएन र तपाईंसँग भेट हुने पनि थिएन!’
‘यो रकम हो केही थोरै, तपाईंलाई काम आउला। मेरा लागि त अहिलेलाई यो कागजको खोस्टासिवाय केही रहेन ...!’
उसले आफ्नो हात पेन्टको पकेटबाट लुकाउँदै झिक्यो र टेबुलमुनितिर लग्यो। मेरो दाहिने हातले चियाको कप समाएको थियो र देब्रे हात कुनै काम नपाएको भरियाको कुमजस्तै यत्तिकै टेबुलमुनि सम्म लत्रिरहेको थियो। यही अवस्थामा मलाई मुनिबाटै केही खस्रोजस्तो स्पर्श दिएर उसले आँखाको भाषा बोल्यो। मैले केही जवाफ दिन नपाउँदै उसले भन्यो, ‘यो रकम हो केही थोरै, तपाईंलाई काम आउला। मेरा लागि त अहिलेलाई यो कागजको खोस्टासिवाय केही रहेन ...!’
म थकाइले चूर भएको भए पनि मेरो यो थकाइ शारीरिक थकाइ थिएन। मानसिक तनावमा मन मात्र थाक्दो रहेछ। मैले निद्राको अनुभव गरेको थिइनँ। सपनाजस्तो विधिले मेरो समस्यामाथि सम्बोधन भइरहेछ, यो नौ बजे राति मेरो होसहवासमै कस्तो अतिरञ्जनाले खेल खेलिरहेछ? म केही सोच्न सकिरहेकै थिइनँ। दिनभरजसो शिलुलाई आईसीयूबाहिर राखेर मैले आफन्तसँग बुवाको महँगो उपचार र पैसाको समस्याका बारेमा जतिसक्दो अनुनय गर्दै बिताएको थिएँ। मेरो लाचारीको दर्शक मैमात्र थिएँ तर नेपथ्यमा कोही मलाई सुन्दै रहेछ। म भ्रम र भयले मात्र होइन, आफ्नो निरीहताले पनि तत्काल पिल्सिँदै गइरहेको थिएँ।
ऊ मलाई एक पेटी रुपियाँ थमाउने कोसिसमा थियो। भन्दै थियो, ‘चार महिना भयो मैले मेरो बुवालाई खरानी बनाएर आएको। त्यही वार्डमा तपाईंको बुवालाई ल्याउनुअघि मेरो बुवाले अन्तिम श्वास लिनुभएथ्यो। म समयमा आउन सकिनँ। मेरो पैसाले उहाँलाई बचाउन सकेन।’ उसको आवाज एक्कासि परिवर्तन भएर आयो। गलामा रोकिएको आवाज विस्तारै खोल्ने कोसिस गर्दै भन्यो, ‘मैले कमाएको अकुत सम्पत्तिभन्दा तपाईंले कमाएको चोखो अभाव र छट्पटी सयौँ गुणा मूल्यवान् लाग्यो मलाई।
‘यो देशको कानूनको आँखामा पट्टी लगाएर मलाई सही साबित गर्ने साधन मेरो ढुकुटीमा थियो। मैले त्यसैको केही भाग उपयोग गरेँ ...,’ ऊ यसअघि केही बोल्न सकेन।
मित्र! बुवालाई अन्तिम बिदाइ गरेर फर्केदेखि मलाई मेरो घरले थिच्न थालेको छ। मैले उनको जीवनभरको इमानदारीका विरुद्धमा विद्रोह गरेँ र मात्र पैसा कमाउने लक्ष्य राखेर उनको मन्दिरजस्तो घरलाई तिरस्कार गरेर निस्किएँ। आमालाई त्यहीलगत्तै गुमाएँ तर पनि मेरो दिमागमा पैसाको भूत सवार थियो। म मातृवियोगको पीडामा समेत बुवाको निर्धनतालाई दोष दिँदै हिँडेँ। जब पैसा कमाएँ, खुब महत्त्वाकांक्षी भएर ...। केके गरेँ त्यो म पछि नै भनुँला तर जेलबाट पनि म बाइज्जत रिहा भएँ। ‘यो देशको कानूनको आँखामा पट्टी लगाएर मलाई सही साबित गर्ने साधन मेरो ढुकुटीमा थियो। मैले त्यसैको केही भाग उपयोग गरेँ ...,’ ऊ यसअघि केही बोल्न सकेन।
ऊ जुरुक्क उठेर बाहिरतिर निस्कियो। म के गरुँ कसो गरुँ भएर उसको पछि पछि आएँ। बाहिर सडकसम्म आउँदा उसले फर्केर हेरेन तर जब सडकमा एउटा ट्याक्सी रोकेर भित्र बस्नै लागेको उसलाई मैले मित्र ! भनेर सम्बोधन गरँे, तब उसले पछाडि फर्केर हेर्यो। अघिसम्म एकदम गम्भीर देखिएको ऊ एकाएक हतारमा एक टुक्रा कागज ट्याक्सीको झ्यालबाट मतिर सारेर यो मेरो कन्ट्रयाक एड्रेस हो, भनी गायब भयो।
पर–पर हुँइकिएको ट्याक्सी आँखाबाट बिलाएपछि फर्केर मेरो हात कालो हाफ ज्याकेटको बायाँ पकेटमा पर्यो। अकस्मात मलाई त्यस अपरिचितको पैसा हत्केलामा बिझाएजस्तो भयो। दाहिने हातमा उसले अघि थमाएको कागजको टुक्राले कताकता नरम स्पर्श गरिरहेथ्यो। त्यस टुक्रालाई खोलेर वार्डभित्र पस्ने करिडोरको बत्तीको उज्यालोमा विस्तारै ठम्याउन खोजेँ। एकाएक जिउ नै सिरिङ्ग भएर आयो। उसले लेखेको थियो, ‘तिमीले मलाई चिनेनौ। पैँतीस वर्षपछिको यो भेट यस्तो मार्मिक परिस्थितिमा होला भन्ने सोचेकै थिइनँ। म तिम्रो स्कूलको साथी उनिश मास्के।’
पछ्याएँ। तिम्री बहिनीसँग सबै कुरा सोधेको थिएँ, कारण गार्डेनमा तिमीसँग मेरो धेरैपटक मौन संवाद भएको थियो। जब मैले तिमी मेरो बालसखा हौ भन्ने चिनेँ,
म हैरान भएको छु। उनिशले अतीतको एउटा मीठो सम्झनालाई यति नमिठो वर्तमानमा बिउँझाएर गएको छ। अब कहाँ खोजूँ उसलाई, सोचेर दुखी हुँदै थिएँ। कागजको पछिल्लो पृष्ठमा उसले लेखेको छ– म आफैँ तिमीलाई भेट्न आउने छु, मलाई अतीतको सपनाबाट बिउँझाउने एउटै व्यक्ति तिमी नै हौ भन्ने मैले ठम्याएको छु।
अन्त्यमा उसले लेखेको थियो, ‘सतिश ! तिम्रा समस्यासँग जति नजिकिँदै गएँ, उति तिमीलाई आफ्नो हितैषी पाउन थालेँ। तिमी नभएको मौका पारी मैले तिम्रा यथार्थ जान्ने उत्सुकता राखेँ। पछ्याएँ। तिम्री बहिनीसँग सबै कुरा सोधेको थिएँ, कारण गार्डेनमा तिमीसँग मेरो धेरैपटक मौन संवाद भएको थियो। जब मैले तिमी मेरो बालसखा हौ भन्ने चिनेँ, अनि त मलाई बुवाको खुब सम्झना भएर आयो...। तिम्रो बुवामा म मेरो भविष्यको पितृवात्सल्य खोजिरहेछु...।
‘बुवाको उपचारमा कुनै कमी हुन दिने छैनौ !’