काठमाडौँ, २३ पुस। गृष्मा ब्रोडकास्टिङद्वारा ‘सीएमसी सप्तरङ्गी, अ म्युजिकल जर्नी–२०१९’ आयोजित हुने भएको छ। नेपालको सातै प्रदेशमा आयोजना गर्न लागिएकाे उक्त कार्यक्रममा सात जना कलाकारले प्रस्तुति दिनेछन्। कार्यक्रमकाे नारा ‘सात प्रदेश र सात हामी’ भन्ने रहेकाे छ।
कार्यक्रम माघ १८ गते दमकबाट सुरु हुँदैछ। त्यस्तै माघ २० गते जनकपुर, २२ गते नारायणगढ, २४ गते बुटवल, २६ गते सुर्खेत, २८ गते धनगढी र फागुन २ गते पोखरामा कार्यक्रम सञ्चालन हुनेछ।
कार्यक्रममा गायक रामकृष्ण ढकाल, प्रमोद खरेल, लोकगायक पशुपति शर्मा र गायिका इन्दिरा जोशीले गाउने छन्। मोडल अञ्जली अधिकारीले त्यसमा नृत्य प्रस्तुत गर्नेछिन्। त्यस्तै कार्यक्रममा सन्दीप क्षेत्रीले दर्शकलाई हसाउँछन् भने दीपक बिष्टले आफ्नो खेलकला देखाउनेछन्।
‘सात प्रदेशलाई चिनाउन र त्यहाँको पर्यटकीय स्थलहरूको प्रचार गर्न पनि कार्यक्रम आयोजना गरिएको हो,’ गृष्मा ब्रोडकास्टिङका प्रमुख गृहेन्द्र घिमिरेले बताए। उनी भन्छन्, ‘हामीले आर्थिक लाभका लागि यो कार्यक्रम गर्न लागेका होइनौँ, सातै प्रदेशका जनताबिच आपसी सद्भाव र सामीप्यता बढाउनुका साथै पर्यटकीय हिसाबमा पनि प्रदेशको प्रचार गर्न हाम्राे लक्ष्य हाे।