महेन्द्रनगर – सुदूरपश्मिाञ्चल विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत स्नातकाेत्तरमा थप कार्यक्रम सञ्चालन गर्न विद्यार्थीले माग गरेका छन्। सुदुरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पसका विद्यार्थीले स्ताकोत्तर तहमा एमबीए र एबीएसका कक्षा सञ्चालनका लागि विभागीय प्रमुख प्रेमसिंह खातीलाई ज्ञापनपत्र बुझाएका हुन्।
बीबीएस चौथो वर्षमा विद्यार्थी नगेशप्रसाद जोशीले विश्ववविद्यालयमा आवश्यक कार्यक्रम थप गर्न विभागलाई ज्ञापन पत्र बुझाएको बताए। उनले व्यवस्थापनमा स्नातक अध्ययनपछि विद्यार्थी उक्त कार्यक्रम अध्ययनका लागि बाहिर जानुपर्ने बाध्यतालाई दृष्टिगत गर्दै विभागलाई ज्ञापनपत्र बुझाइएको बताए।
व्यवस्थापन संकायअन्तर्गत हाल विश्वविद्यालयमा एमबीएम मात्रै अध्यापन हुने गरेको छ। ज्ञापनपत्र बुझ्दै विभागीय प्रमुख प्रेमसिंह खातीले विद्यार्थीको माग जायज भएको बताए। उनले विश्वविद्यालयमा एमबीए र एमबीएसका कक्षा सञ्चालन गर्नका लागि पलह गर्ने आश्वासन दिए।