काठमाडौँ - टिम नेपोको आयोजनामा टक सिरिज ‘चिन्तन चौतारी कोको दोस्रो संस्करण सम्पन्न भएको छ। पहिलो संस्करणको व्यापक सफलतापछि दोश्रो संस्करण पनि लिभरपुल इन्टरनेशनल कलेजमा सम्पन्न भएको हो। ५० जना भन्दा बढी युवा वक्ताहरुको सहभागिता रहेको थियो।
कार्यक्रमा बोल्दै टिम नेपो को सल्लाहकारसमेत रहेका युगान मानन्धरले प्लास्टिक प्रदुषणका कारणहरु, यसले वातावरणसँगै मानव जीवनमा पुर्याउने असर तथा न्यूनीकरणका उपायहरुका बारेमा पनि चर्चा गरे।
विश्वब्यापी प्लास्टिक प्रदुषणको अवस्था, यसले वर्तमान तथा भविष्यमा पार्न सक्ने असरहरुका साथै समाधानका लागि यसका निम्ति भैरहेका प्रयासका बारेमा पनि मानन्धरले प्रकाश पारे।
‘चिन्तन चौतारी’ कै संयोजक नारायण खनाल, नेपोका संस्थापक अध्यक्ष निगम पौडेल लगायतले पनि कार्यक्रममा आफ्नो धारणा राखेका थिए।