काठमाडौं – अध्ययनका लागि अमेरिका जान चाहने विद्यार्थीका लागि काठमाडौंमा आयोजित सेमिनार सम्पन्न भएको छ। सेमिनार पुतलीसडक, धोविधारास्थित ग्लोबल हब एजुकेशन नेटवर्कले आयोजना गरेको हो। विभिन्न सत्रमा आयोजित उक्त सेमिनारमा १ सय जनाभन्दा बढि विद्यार्थीको सहभागिता रहेको ग्लोबल हबका कार्यकारी निर्देशक विष्णु पोख्रेलले जानकारी दिए। ‘अमेरीकामा अध्ययन गर्ने हकमा विद्यार्थी आफैले रिसर्च गरेर भिसा आवेदन दिनुपर्छ भन्ने छ,’ नेपाली पब्लिकसँगको कुराकानी निर्देशक पोख्रेलले भने, ‘तर विद्यार्थीसँग त्यो रिसर्च सामग्रीको अभाव देखिन्छ, हामीले त्यसैमा सहजिकरण गर्न खोजेका हौ।’
विद्यार्थीहरुले समुहमा त्यसबारे छलफल र अध्ययन गर्दा प्रभावकारी हुने ठहर गर्दै कार्यक्रम आयोजना गरिएको उनले बताए। अमेरिका अध्ययनका बारेमा सामान्य जानकारीको अभावमा विद्यार्थीहरु रुमल्लिने अवस्था नहोस भनेर सेमिनार आयोजना गरिएको ग्लोबल हबका अर्का निर्देशक शिवराज बन्जाडेले बताए। ‘शैक्षिक सत्रलगायत अन्य सामान्य कुराहरुको जानकारी नहुँदा विद्यार्थीहरुको भिसा प्रकृया प्रभावित भइरहेको हुन्छ,’ निर्देशक बन्जाडेले थपे, ‘सेमिनारमार्फत हामीले विद्यार्थीहरुलाई तिनै बिषयहरुको बारेमा विस्तृत जानकारी दियौँ।’ विद्यार्थीहरुले सामान्य कुराहरुमा ध्यान दिएमात्र पनि अमेरिकाको भिसा सहजै पाउन सकिने उनी बताउछन्।
सेमिनारमा सहभागी विद्यार्थीहरुले सेमिनारमार्फत धेरै कुराहरुको जानकारी पाएको बताए। ‘हामीले ध्यान नै नदिएको बिषयहरुको बारेमा जान्ने अवसर पाइयो,’ सेमिनारमा सहभागि रेजिन अधिकारीले भने, ‘त्यसै अनुसार मैले अहिले भिसाको लागि अन्तरवार्ता दिएर भिसा पनि पाइसके।’ सबै कुराहरुले बुझेर भिसा आवेदन गर्दा प्रभावकारी हुने उनले सुनाए।
